टोकियो – नेकपा एमाले प्रवासी भातृ संगठन प्रवासी नेपाली मन्च ओएनएफ टोयोटा कमिटी जापानले बिश्व मजदुर दिवस २०१६ एक भब्य समारोहका बीच मनायो ।
बिश्व भरिका मजदुरहरुको आन्दोलन तथा बिजयमा एक्यबद्धता जनाउन ओएनएफ टोयोटा कमिटी जापानले आयोजना गरेको कार्यक्रमको समुद्घाटन एमाले केन्द्रिय सचिब तथा संगठन बिभाग प्रमुख, पूर्व पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङ र बैकल्पिक केन्द्रिय सदस्य तथा पुर्बी दक्षिण एसिया इन्चार्ज राजन राईबाट संयुक्त रुपमा दिप प्रज्वलन गरी गर्नु भएको थियो ।
सदाहत पञप्त ज्ञातअज्ञात सहिदको सम्मानमा मौन धारण गर्दै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी पूर्व पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङ बैकल्पिक केन्द्रिय सदस्य तथा प२र्वी दक्षिण एसिया इन्चार्ज राजन राई, प्रवासी नेपाली मन्च जापान राष्ट्रीय कमिटीका अध्यक्ष कृष्ण खड्कालगायतका अन्य बिशिष्ट पाहुनाहरुलाई प्रवासी मन्च आयोजक टोयोटा कमिटीका सुभाष केसीलाई खाता र ब्याज लगाई दिनु भएको थियो भने स्वागत मन्तब्य आयोजक कमिटीका जयराम पौडेल गर्नुभयो ।
१२७ औ श्रमिक दिवसको अबसरमा आयोजित ‘नेपालमा शान्ती र समृद्धीका निम्ती चुनौति र सम्भवाना’ बिषयक अन्तर्कृया कार्यक्रममा एआरएन जापानका सल्लाह्कार केशर गिरि, एनआरएन जापानका सल्लाहकार डिलाराम खरेल्, प्रवासी नेपाली मन्च, सचिबालय सदस्य महेन्द्र श्रेष्ठ, द्वितिय उपाध्यक्ष मोहन रायमाझि, प्रवासी मन्च जापानका सल्लहकार तथा गुल्मेली समाजका अध्यक्ष शलिकराम भण्डारी, सगरमाथा महिला समुहकी अध्क्ष्य राधा थापा, एनआरएन जापानका सचिब बुद्धीराज घिमिरे, प्रवासी नेपाली मन्च रास्ट्रीय कमिटीका महासचिब कुलचन्द्र खरेल्, प्रवासी नेपाली मन्च जापान राष्ट्रीय कमिटीका अध्यक्ष कृष्ण खड्कालगायतका बक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
अन्तर्कृया संगै दोश्रो चरणको कार्यक्रममा टोयोटा क्षेत्रीय कमिटीको अधिबेशन सभा घोषणा पनि भयो ।सर्बसम्मतीबाट श्रीराम शर्माको अध्य्क्षतामा १३ सदस्यीय नयाँ टोयोटा कमिटी गठ्न पनि भएको थियो ।
उपाध्यक्ष्यमा राजन सुबेदी, सचिबमा प्रदिप सुबेदी, कोषाद्यक्ष्यमा सिर्जना भण्डारी ९थापा०, सदस्यहरुमा चित्र पुन्, पंच पुन्, दिपक पराजुली, दिलिप पहिम्, सचिन के।सी, यम गुरुङ्, मनिष राई, बिजय खनाल ,निरन्जन श्रेष्ठ मनोनित हुनु भएको छ । त्यस्तै गरी सल्लाहकारमा सुभास केसी, बलराम भुषाल्, गंगा अर्याल्, जयराम पौडेल्, राजेन्द्र थापा, महेन्द्र भण्डारीलाई मनोनित गरिएको थियो ।
टोयोटा आयोजक कमिटीका अध्यक्ष्य बलराम भुसालको सभापतित्वमा भएको सो कार्यक्रम संचालन कमिटीका सचिब तथा प्रवासी नेपाली मन्चका पुर्ब राष्ट्रीय सद्स्य राजेन्द्र थापाले गर्नु भएको थियो ।