Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – गोल्डेन विकको अवसर पारेर र सूर्य कर्पोरेसनद्वारा आयोजित साकुरा नाईट कार्यक्रम फुकुओकामा सम्पन्न भएसँगै अब टोकियो रोधी क्लबमा गर्ने गरि तयारी भईरहेको छ ।

फुकुओका स्थितत च्युओ सिमिन सेन्टर हलमा भएको साकुरा नाईट कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गरेका थिए । स्थानीय गायक माधव सिग्देलको लोक दोहारी गीत प्रस्तुति संगै भएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरु सदावहार गायक रामकृष्ण ढकाल, गायक हिमाल सागर र गायिका मिलन अमात्यको गीत संगीतमा कार्यक्रममा सहभागी दर्शकहरु झुमेका थिए । गायक हिमाल सागर र गायिका मिलन अमात्यको प्रस्तुतिमा गीतलाई दर्शकले वान्स मोर भन्दै गित गाउन पुन: अनुरोध गर्दा सांगीतिक माहोल अन्त्य सम्मै निकै तातेको थियो ।

त्यस्तै कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारल जितु नेपाल “मुन्द्रे”ले नेपाल लगायत जापानको पछिल्लो गतिबिधिमा ब्यङ्ग्य गर्दै सहभागी दर्शकहरुलाई हसाँउनु भएको थियो । निकै चर्चामा रहेका संचारकर्मी नरेश भट्टराईको उत्कृष्ट उदघोषणमा संचालन भएको कार्यक्रममा गायक पुरुषोत्तम सिग्देलले सुरुवातमा उदघोषण गरेका थिए । कार्यक्रमको अन्तमा कार्यक्रम सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने सबैसबैमा आभार ब्यक्त गर्दै कार्यक्रममा उपस्थित दर्शकहरुलाई आयोजकका तर्फबाट बासुदेव लामिछानेले धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

फुकुओका पश्चात टोकियोको रोशी क्लवमा हुने कार्यक्रम मे को ८ तारिख आइतबार दिनको ५ बजेबाट सुरू हुने छ । टोकियोमा एक पेय पदार्थ र खाजा सेट सहित ३ हजार येनको टिकट दर तोकिएको छ ।

‘साकुरा नाईट’ नामक कार्यक्रम सूर्य कर्पोरेशनले ईन्टरनेसनल ईन्टरटेन्टमेन्ट कम्पनि ग्रिस्मा इन्टरटेन्टमेन्ट संग मिलेर गरेको हो । नेपालमा यस अघि ईण्डियाका टप गायक मिका सिंगको कन्सर्ट पनि ग्रिस्माले नै गरेको थियो । नेपालबाट साकुरा नाईटका लागि ग्रीष्मा ईन्टरटेन्टमेन्टका डाईरेक्टर गृहेन्द्र घिमिरे र नेपालका पहिलो प्रोफेसनल डिजे राजु पनि जापान आउनुभएको छ । *** Sakura Night In japam 1 Sakura Night In japam 2 Sakura Night In japam 3 Sakura Night In japam 4 Sakura Night In japam

तपाईको प्रतिक्रिया