Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – टोकियोमा आज बिशेष साँगीतिक कार्यक्रम चितवन धमाका हुने भएको छ ।

उक्त कार्यक्रमका लागि नेपालका बहुचर्चित कलाकारहरु आस्था रावत, पार्वती राई, रमेशराज भट्टराई र कल्पना श्रीपाल टोकियो आईपुगेका छन् ।

कलाकारहरुलाई आयोजक चितवन समाज जापानका जिम्मेवार पदाधिकारीहरुले टोकियोमा स्वागत गरेका थिए ।

मंगलबार नागोयामा भएको चितवन धमाका बिशेष सकेर कलाकारहरु बुधबार टोकियो आईपुगेका हुन् ।

आजै मेगुरो कुमिन सेन्टरमा अपरान्ह ४ बजेदेखि हुने चितवन धमाका नछुटाउन जापानबासी नेपालीहरुमा आयोजक चितवन समाज जापानले अपिल गरेको छ ।

गायिका आस्था रावत जापानमा धेरै पहिलेदेखि डिमाण्डेड कलाकार हुन् । यसअघि समयानुकुल नपरेकोले जापान आउन नसकेकी आस्था यसपटक पहिलोचोटी जापान आएकी हुन् । उसो त पार्वती बाहेक अन्य कलाकारहरुको पनि जापान पहिलो साँगीतिक यात्रा हो । चर्चित पपगायिका आस्था, कुशल नृत्याङ्गना तथा मोडल पार्वती, लोक दोहोरी, आधुनिक तथा पप गायक रमेश र लोक तथा दोहोरी गायिका कल्पनाको बेजोडको साँगीतिक प्रस्तुतीमा चितवन धमाका साँच्चिकै धमाकेदार हुने अपेक्षा गरिएको कार्यक्रम संयोजक अर्जुन अधिकारीले समुद्रपारिलाई बताए । कार्यक्रममा जापानमै रहेका चर्चित कलाकारहरु युवराज आचार्य, रामकृष्णबम मल्ल, सूर्य खड्का, बिनोद भण्डारी लगायतको पनि सांगीतिक प्रस्तुती रहने बताईएको छ ।

यसपालीको गोल्डेन वीकका अवसरमा जापानमा थुप्रै साँगीतिक कार्यक्रमहरु भएका छन् भने केही हुने क्रममा छन् । बिभिन्न फरक फरक संघसंस्थाले आयोजना गरेका ती कार्यक्रमहरुका लागि दर्जनौ कलाकारहरु अहिले जापानमा छन् भने कतिपय कलाकारहरु कार्यक्रम सकेर स्वदेश फर्किसकेका छन् ।

जापानबासी नेपालीहरु भने एकै अवसरमा थुप्रै कार्यक्रमहरु आयोजना भईदिंदा हेर्न जाने समय मिलाउन हम्मेहम्मे परेको बताउँछन् । यसपालीको गोल्डेन वीकमा आयोजित कार्यक्रमहरुका लागि आमन्त्रित कलाकारहरु समग्रमा सबै राम्रा भए पनि सबैको कार्यक्रम हेर्न जाने समय मिलाउन यहाँका नेपालीहरुलाई गाह्रो परेको हो । जापानमा गोल्डेन वीक भरि नै साँगीतिक कार्यक्रम चलेकोले यसपालीको गोल्डेन वीक साँगीतिक वीक बन्न पुगेको छ ।

ढिलोगरी कार्यक्रम सुरु हुने र अन्तमा समय नपुगेर आमन्त्रित कलाकारहरुको मनग्गे प्रस्तुती हेर्न नपाएर दर्शकहरु खिन्न हुनुपर्ने विद्यमान स्थिति चितवन धमाकामा नदोहोरिने अपेक्षा यहाँका नेपालीहरुले गरेका छन् ।***

तपाईको प्रतिक्रिया