काठमाडौँ – तमु धीं जापानले गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रावृत्तिका लागि अक्षयकोषको स्थापना गरेको छ । २ लाख ५० हजार रुपैयाको अक्षयकोषबाट बार्षिक दुइ जना विद्यार्थीलाई छात्रावृति उपलब्ध गराउने बताइएको छ ।
यसैबीच सस्थाका पूर्व अध्यक्ष तेज बहादुर गुरुङसंगै गायिका सबिना गुरुङलाई तमु धीं जापानले सम्मान गरेको छ । अप्रिल २५, २६ र २७ तारिकमा जापानको होकईदो शहरमा भएको एसियन विन्टर ओलम्पिक कमिटिको बैठकमा नेपालको प्रतिनिधि गर्नुभएका पूर्व अध्यक्ष र गायिका गुरुङलाई एकैसाथ सम्मान गरिएको हो । पूर्व अध्यक्ष गुरुङ नेपाल ओलम्पिक कमिटिका सदस्य साथै नेपाल ह्याण्डबल संघका अध्यक्ष समेत हुनुहुन्छ ।
उएनो स्थित एभरेस्ट एशियन डाइनिंगमा भएको कार्यक्रममा सम्मान गरिएको बताइएको छ । धींका अध्यक्ष श्री गुरुङको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा संरक्षक ईश्वर गुरुङ, ओम गुरुङ, दिनेश गुरुङ, सल्लाहकार हर्क गुरुङ, बिष्ट गुरुङ उपाध्यक्ष हिमाली गुरुङ, महासचिब अमर गुरुङ, सह सचिब चित्र गुरुङ, कोषध्यक्ष प्रकाश गुरुङ, खड्का सिंह गुरुङ, मिलन गुरुङ, पदम गुरुङ तथा अन्य उपस्थित पदाधिकारीहरुले मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया