Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

टोकियो – गोल्डेन वीकको अवसर पारेर जापानमा आयोजना गर्न लागेको साकुरा नाइटका लागि भव्य तयारी गरिएको छ ।
सूर्य कर्पोरेशन तथा गृष्मा इन्टरटेन्टमेन्टको संयुक्त प्रस्तुती रहेको साकुरा नाईट मे ३ मा फुकुओका र टोकियोमा मे ८ मा हुन लागिएको हो । साकुरा नाइटका लागि नेपालबाट चर्चित कलाकारहरु आउँदैछन् । आयोजकका अनुसार चर्चित गायक रामकृष्ण ढकाल, चर्चित हाँस्य कलाकार जितु नेपाल, बरिष्ठ कार्यक्रम प्रस्तोता नरेश भट्टराई, गायक मिलन अमात्य र हिमाल सागर जापान आउने भएका छन् । मे ३ माहुने साकुरा नाइट चुओ सिमिन सेन्टरमा र मे ८ मा हुने साकुरा नाइट शिनओकुबोस्थित टोकियो रोधी क्लवमा हुने बताईएको छ ।
यसैगरि, गोल्डेन वीकको अवसर पारेर जापानमा थुप्रै साँगीतिक कार्यक्रमहरुको आयोजना गरिएको छ । २४ तारिख आइतवारका दिन नौमती घुम्टे बाजा समुहको आयोजनामा लाइभ साँगीतिक साँझ सम्पन्न भयो भने नेपाल मगर संघ तोकाईले एक साँगीतिक कार्यक्रम नागोयामा प्रस्तुत गर्ने भएको छ । यस्तै, मिडिया म्यासेज प्रालिले इकेगामी खाइकानमा एक विशेष सांगीतिक कार्यक्रमको आयोजना गरेको छ भने सिद्धार्थ बैंकको आयोजनामा ’नेपाली साँझ २०७३’ र चितवन समाज जापानले नागोयामा चितवन धमाका प्रस्तुत गर्ने भएको छ । यी कार्यक्रमहरुका लागि नेपालबाट दर्जनौं कलाकारहरु जापान आउने भएका छन् ।

तपाईको प्रतिक्रिया