Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

टोकियो – गत अप्रिल १ देखि जापानबाट सिधा बैकिङ कारोवार सेवा सुरु गरेको सिद्धार्थ बैंक लिमिटेडले आफनो औपचारिक उद्घाटनको कार्यक्रम मे २ तारिख सोमबारका दिन गर्ने भएको छ ।

पहिलो पटक नेपालको ‘क’ वर्गको सिद्धार्थ बैंक लिमिटेडले जापानबाट सिधा कारोवार सुरु गरेको थियो । बैकको औपचारिक उदघाटन टोकियोमा एक भव्य सांगीतिक कार्यक्रमको साथमा विशिष्ट अथितिको उपस्थितिमा हुने भएको छ । उदघाटन कार्यक्रममा सिद्धार्थ बैक लिमिटैडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, अधिकृत सुन्दरप्रसाद कडेल र रेमिटयान्स विभाग प्रमुख पंकज पन्त लगायतका विशिष्ठ पदाधिकारीहरुको सहभागिता रहने बैंकले जनाएको छ । टोकियो नाकानो जिरो हलमा हुने सांगीतिक कार्यक्रम ‘नेपाली साँझ २०१६’मा नेपालका चर्चिक हास्य कलाकारहरु मनोज गजुरेल, हास्य कार्यक्रम भद्रगोलका जिग्री ‘कुमार कट्टेल’, पाँडे बुढा ‘अर्जुन घिमिरे’ तथा लोकप्रिय पपगायक निमा रुम्वा, लोकगायिका काजल गुरुङ लगायतको विशेष प्रस्तृति रहनेछ । साथमा नेपाली चलचित्रकी चर्चित नायिका ऋचा शर्माको नृत्य तथा वेजोड प्रस्तुति रहनेछ । छिटो र भरपर्दो रेमिटयान्स सेवा पुरयाउने लक्ष्य राखेको सिद्धार्थ रेमिट तथा सिद्धार्थ बैकको जापान सेवा सुरु भएको अवसर पारेर गर्न लागिएको कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ ।

नेपाली समुदायमा चर्चामा रहेका रेष्टुरेन्ट व्यवसायी बाबुराम भण्डारी, आईटि ईन्जिनियर मेघराज नेपाल तथा गैरआवासीय नेपाली अभियन्ता तथा व्यवसायी सुदन थापा लगायतको सकृयतामा जापानमा संचालनमा आएको सिद्धार्थ बैक तथा सिद्धार्थ रेमिटले जापानबाट सिधै बैकिङ र रेमिट सेवा प्रदान गर्दै आएको छ । सेवा प्रारम्भ अवसर पारेर गर्न लागिएको सो कार्यक्रममा उपस्थिति जनाउनको लागि सबै जापानवासी नेपालीहरुलाई आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया