टोकियो – दुई साता अघि भूकम्पले क्षति पुरयाएको दक्षिण पश्चिम जापानको कुमामोतोमा भूकम्प प्रभावित जापानीहरुलाई जापानवासी नेपालीको तर्फबाट विभिन्न सहयोग जारी राखिएको छ ।
भूकम्प प्रभावित जापानीहरुलाई सहयोग गर्ने उदेश्यले नेपाली समुदायको प्रतिनिधित्व गर्दै जनसम्पर्क समिति जापानले मंगलवार ५ सेल्टरमा गरी करिव एक हजार पाँच यस जनालाई नेपाली खाना तथा अन्य सामाग्री वितरण गरेको छ । जनसम्पर्क समिति जापानका उपसभापति पुस्करजंग थापाका अनुसार कुमामोतो क्षेत्रमा पुगेको नेपाली टोलीले स्थानिय नेपालीहरु समेतको सहभागितामा नेपाली तातो भात तथा भिटामिन युक्त पानी वितरण गरेको हो । नेपालमा गत वर्ष गएको विनासकारी भूकम्प पश्चात सहयोग गर्ने जापानीहरुको सहयोगलाई आत्मसाथ गर्दै सो क्षेत्रमा सहयोग कार्यक्रम आयोजना गरिएको उपसभापति थापाले समुद्रपारि डटकमलाई जानकारी गराउनु भयो ।
मंगलवार विहानदेखि खाना खुवाउन जुटेका नेपालीहरुलाई देखेपछि स्थानीय जापानी वृद्धवृद्धाहरुले खुशी व्यक्त गरेका थिए । खानाको प्लेट सहित लामवद्ध जापानीहरुले धन्यवाद भन्दै यस्तो सहयोग कहिल्यै नविर्सने बताएको उपसभापति डिपी कँडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा जनसम्पर्क समिति जापानका सभापति नारायणप्रसाद सुवेदी, उपसभापतिद्धय डिपी कँडेल, पुस्कर जंग थापा, महामन्त्री राजेन्द्र जम्मरकट्टेल, सहमहामन्त्री बद्री पौडेल, सदस्यहरु ध्रुव वस्नेत, बावुराम सापकोटा, विष्णु अर्याल, आत्मराम गैरे, यदुराम सापकोटा, धर्मअधिकारी, गोपाल बेलबासी, लक्ष्मण बानिया, आत्माराम शर्मा, हरी शापकोटा, रुक्मागत खरेल, यम प्रसाद सापकोटा, महासमिति सदस्य रोशन केसी, जनसम्पर्क समिति जापान क्युसु क्षोत्रिय समिति उपसंयोजक डिक कार्की, एनआरएनए आईसीसी सदस्य तुल्सीराम खरेल, एनआरएनए जापान उपाध्यक्ष टक गैरे, सदस्य नन्दु गैरे, मजदुर संघ जापान अध्यक्ष पदम गुरुङ लगायतको सहभागिता रहेको थियो ।
एक साता अघि पनि गैरआवासीय नेपाली संघ एनआरएनए जापानको टोलीले पहिलो पटक सोही स्थानमा जापानीहरुलाई नेपाली खाना खुवाएको थियो ।