Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

टोकियो – सुदूरपश्चिमेली समाज जापानको लक्की ड्र सार्बजनिक तथा नया बर्ष शुभकामना आदान प्रदान कार्यक्रम आईतबार टोक्योमा सम्पन्न भएको छ ।

जापानका लागि कार्यबाहक नेपाली राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्क्रम नेपालमा १ बर्ष अघि गएको महाभूकम्पमा परि दिवंगत हुनेहरुको सम्झनामा १ मिनेट मौन धारण गरि शुरु गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लगायतका अतिथिहरुले लक्की ड्र बिजेताहरुलाई उपहार प्रदान गर्नुभयो । उक्त लक्की ड्र को पहिलो पुरस्कार अनुस्का बिस्टले १थान कम्प्युटर हात पारिन भने दोश्रो पुरस्कार दिनेश स्वांरले हात पारे । त्यसैगरी तेश्रो, चौथो र पाचौ पुरस्कार क्रमश : सिता सापकोटा प्रिसा चलाउने र रामु खड्काले हात पारे ।

त्यसैगरी अन्य पुरस्कारहरु गणेश जैशी, गोविन्द कुँवर, सोना धामी, प्रकाश शर्मा, भरत नेगी, सन्तोष रेग्मी, नबिन गुरुङ, केशब देउबा, दुर्गा केसी, दिपिका भट्ट र आशिक बमले हात पारे ।
कार्यक्रमका कार्यबाहक राजदूत गेहेन्द्र राजभण्डारीले समाजले गरिरहेको परोपकारी कार्यको प्रशंसा गर्दै थप प्रभावकारी कार्य गर्न सुझाब दिए ।

कार्यक्रममा बिशेष अतिथि नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले सुदूरपश्चिमेली समाजको उत्तरोत्तर प्रगतिको कामना गर्दै समाजमा जिम्मेवार भूमिका निर्वाह गर्न सुझाव दिए ।

समाजका अध्यक्ष पूर्ण चलाउनेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली जनप्रगतिशिल समाज जापानका अध्यक्ष दिनेश शाही, समाजका पूर्व अध्यक्ष भरत नेगी, आशिष रावल लगायतले शुभकामना मन्तब्य दिए ।
टोकियो सिन ओकुबो स्थित बारकाडे रेस्टुरेण्टमा आयोजित सो कार्यक्रममा सुदुरपश्चिमेलीहरुको बाक्लो उपस्थिति रहेको थियो । *** 2 3 4 1

तपाईको प्रतिक्रिया