Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024
नागोया-गोल्डेन वीकको बिदा पारेर नेपाल मगर संघ जापानको आयोजनामा ‘गोल्डेन वीक सांगीतिक कार्यक्रम’ हुने  भएको छ ।  मे १ तारिक नागोया स्थित  टोयोटा सिटीको टोयोटा बुन्का सेन्टरमा दिनको १२ बजेदेखि साँझ ८ बजे सम्म हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अायोजकले बताएको छ ।
कार्यक्रममा नेपालबाट अामन्त्रित कलाकारहरु हास्यकलाकार निर आले मगर, लोकदोहोरी गायिका रुपा जि.यम र  पप गायक मबिन्द्र राईको प्रस्तुति रहने छन्।
जापानमै रहेर कलाकारिता क्षेत्रलाई निरन्तर दिई रहेका कलाकारहरु  सरोज लामा, श्याम शितल, राजिब लामा, रामशरण र जापानी डान्सर युकिया सातोले पनि स्टेज तताउने छन् भने सिता मगर द्वारा निर्देशित  कौडा नाचको पनि छुट्टै मनोरंजन लिन सकिने छ । त्यसो त कार्यक्रममा चौतारी ग्रुप, नागोयाको  लोक टिपिकल बाजाको  सुमधुर प्रस्तुति रहने छ ।   जसमा  मुनु थापा ‘सारंगी’, खड्क बहादुर पुन  ‘बासुरी’, उत्तम विश्वकर्मा  ‘मादल’, राजा प्रसाई ‘तबला’ र सरोज लामा ‘गितार’मा  रहनेछन ।

टोयोटा स्टेशनबाट हिडेर ५ मिनेटमात्र लाग्ने सो कार्यक्रम हलमा  यो पटक भने विभिन्न बिधाका कलाकारहरुको प्रस्तुति हुने भएकोले सदाका भन्दा फरकपनको मनोरंजन लिन सकिने र टिकट दर मात्र  ३ हजार येन  रहेको जानकारी  उक्त कार्यक्रमको  संयोजक दिलिप रानाले  दिए ।
गोल्डेनबीक जापानमा विशेष विदाकाे समय हुनुका साथै यसै समयमा सांगीतिक भेटघाट कार्यक्रम भएकोले पनि विभिन्न पेशा तथा व्यवसायले जापानमा रहेका सम्पूर्ण नेपालीहरूलाई  कार्यक्रममा अाइ मनोरञ्जन लिइदिन अायोजकले अामन्त्रण गरेको छ ।***
तपाईको प्रतिक्रिया