टोकियो – ‘विश्व संरक्षणको लागि बाताबरण संरक्षण र एच.आई.भी. एड्स बिरुद्द जनचेतना’ भन्ने मूल नाराका साथ विश्व भ्रमण गरिरहेका तीन जना नेपाली साईकल यात्रीलाई तमु धीं जापानले सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा शंकर पोखरेल, डा. अमृत बराल र आजेत बराल हुनुहुन्छ ।
उहाँहरुलाई २१ अप्रिलमा सिन्जुकु खाबुकी च्यो स्थित तमु धीं जापानका संरक्षक ईश्वर गुरुङको रेस्टुरेन्टमा तमु धीं जापानका अध्यक्ष श्री गुरुङको अध्यक्ष्यतामा बसेको भेलाले धींका अध्यक्ष श्री गुरुङ र संरक्षक ईश्वर गुरुङले खादा ओढाउनुको साथै तीस हजार ऐन सहित सम्मान गरिएको हो । अध्यक्ष गुरुङले भ्रमणदलको उदेश्य पूरा होस भन्ने हेतुले सहयोग गरेको बताउनसभयो ।
विश्व भ्रमणको क्रममा रहनुभएको साईकल यात्रीहरुको प्रमुख उद्देश्य भनेको बुद्धको जन्मस्थल नेपाल र सगरमाथाको देश नेपाल हो भनेर विश्वलाई चिनाउनु हो । ८ महिना पहिला नेपालबाट विश्व यात्राको क्रममा हिडेका साईकल यात्रीहरुले भारत, माल्दिभ्स, बंगलादेश, म्यानमार, थाईल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, ब्रुनाइ, सिंगापुर, मलेसिया, ताईवान र जापानको यात्रा पुरा गरि जापानबाट श्रीलंका जाने भएका छन । शुक्रबार सम्म घुमेका राष्ट्रहरुमा ब्रुनाईका नेपालीहरुबाट पाएको त्यो माया र सम्मान जीबनभरभुल्न नसकिने सम्झना रहेको विश्व साईकल यात्रीहरुले बताएका थिए ।
उक्त सम्मान कार्यक्रममा धींका संरक्षक ईश्वर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । विश्व साईकल यात्रीको तर्फबाट बोल्दै डा. अमृत बरालले तमु धीं जापानलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । ***