Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं– टोकियोमा हुन लागेको जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको तयारी पूरा भएको छ । अप्रिल २३ मा आयोजना हुने उक्त प्रतियोगिताको आयोजना नेप्लिज स्टुडेन्ट एसोसिएसन इन जापान (नेसाज)ले गरेको छ भने नेपाली दूतावास, एनआरएन जापान र एनआरएन कान्साईले सहकार्य गर्दैछन् । प्रतियोगिताको मुख्य प्रायोजक क्योदाई रेमिट्यान्स रहेको छ । डी एन्ड टी नेपाल र बिन्दु रेस्टुरेन्टले पनि प्रतियोगितामा साथ दिएका छन् ।

जापानी भाषा प्रतियोगितामा ७ जनाले प्रतिस्पर्धा गर्दैछन् । प्रतिस्पर्धीहरु विप्लव बानियाँ, हितेश खड्का, राजीव राई, स्नेहा जोशी, सिन्चुरी शेर्पा, दिपीका कँडेल र निर्मला गुरुङ हुनुहुन्छ । यस्तै विद्यार्थीहरुकै प्रयासमा नेपाली संस्कृति झल्कने कार्यक्रमको आयोजना पनि हुने भएको छ । सो कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । नेसाजले कुमामोतोमा भूकम्पका कारण ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि राखेको छ ।

तपाईको प्रतिक्रिया