Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
बागलुङ- कुनै पनि राजनीतिक दलको सभा, सम्मेलन भयो कि कुनै न कुनै राजनीतिक दलका नेताहरुलाई गाली गरेकै सुनिन्छि । तर, शनिबार बागलुङमा सम्पन्न राष्ट्रिय जनमोर्चाको जिल्ला सम्मेलनको उद्घाटनको समयमा नेपालका दुई व्यक्तिको खुलेर प्रशंसासमेत गरिएको छ ।
सङ्घीयताका विरुद्धमा आफ्नो शक्ति प्रदर्शन गर्नका लागि पश्चिमाञ्चलका गाउँ-गाउँबाट मानिसहरूलाई जम्मा गरेर शक्ति प्रदर्शन गरेको जनमोर्चाले आफ्नो सभामा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालको खुलेर प्रशंसा गरेका थिए ।
सभालाई सम्बोधन गर्न पुगेका अध्यक्ष एवम् सभासद् चित्रबहादुर केसीले मुलुक हत्या र हिंसाको दलदलमा फसेको उल्लेख गर्दै विगतमा हत्या र हिंसा मच्चाउनेहरूले अब शान्ति ल्याउन नसक्ने भन्दै एमाले दुई नेता झलनाथ खनाल र माधव नेपालबाट पाठ सिक्न सबैलाई आग्रह गरेका थिए । अध्यक्ष केसीले नेपालको इतिहासमा अहिलेसम्म सबै प्रधानमन्त्रीहरू हत्या र हिंसा मच्चाएर मात्र कुर्ची प्राप्त गरेको उल्लेख गर्दै इतिहासमा यी दुई (झलनाथ र माधव) मात्र हत्या र हिंसाबिना प्रधानमन्त्री बनेको बताएका थिए ।
उनले राष्ट्रिय जनमोर्चाले एमालेलाई सुधारवादी पार्टी भन्दै आएको भए पनि एमालेका प्रधानमन्त्रीहरूले राष्ट्रघाती कुनै पनि काम नगरेको समेत बताए । ‘अहिले बाबुरामजी जुन कुर्चीमा बस्नुभएको छ । त्यो कुर्चीमा सूर्यबहादुर, लोकेन्द्रबहादुरदेखि शेरबहादुरसम्म बसेका हुन् । उनीहरूले जसरी मान्छे मारेर राज्य गरे त्यसरी नै बाबुरामले १७ हजार मान्छे मारेर सत्ता प्राप्त गरेका हुन् ।’
माओवादीलै दिनानुदिन गल्ती गर्दै आएको उल्लेख गर्दै एमालेले नमानेको बिप्पा सम्झौता गरेर माओवादीले आफ्नो क्रान्तिकारिता देखाएको समेत आरोप लगाए । शासकीय स्वरूपमा एमालेले मध्यमार्गी धारमा राम्रो प्रस्ताव ल्याएकाले माओवादीले उग्रवाद त्याग्न र काङ्ग्रेसले यथास्थितिवाद त्यागेर एमालेको प्रस्तावमा समर्थन जुट्न सक्ने समेत उनले बताए ।
तपाईको प्रतिक्रिया