Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

फुकुओका- यही अप्रिल १६ शनिवार फुकुओका शहरमा “हाम्रो नेपाल, हामी नेपाली ” भन्ने नाममा सचेतना अभियानको एक कार्यक्रमका साथ प्रारभ्म गरिएको  छ । अभियानको प्रमुख संयोजकमा धर्मराज अधिकारी रहनु भएको छ । करीव ५ हजार नेपालीको वसोवास रहेको कयुस्यु क्षेत्रमा नेपाली समुदायले भोग्नु परेका समस्या, चुनाैती तथा विकृतीहरूको पहिचान गर्दै समाधानका लागि पहल गर्ने, प्रवासमा रहेका नेपाली समुदायको समृद्धीको बिकास गर्दै नेपालीको उच्च पहिचान एवं मर्यादा कायम राख्ने जस्ता उद्देश्य अभियानले राखेको छ ।

धर्मराज अधिकारीको सक्रीयतामा अायोजित उक्त कार्यक्रममा एनआरएनए जापानका उपाध्यक्ष टंक गैरे, क्षेत्रीय संयोजक  किरण वर्मा, जनसंपर्क समितिका केन्द्रीय सहसचिव बद्री पौडेल, फुकुओका नेपाल सोसाईटीका अध्यक्ष सुन्दर रेग्मी, उपाध्यक्ष द्वय  श्रीभद्र अधीकारी र पुरूषोत्तम सिग्देल, पूर्व अध्यक्ष भरत गौतम, फुकुओका जापानिज भाषाका नबिन अधिकारी, अाशिष योन्जन, वुद्धीजीवी प्रदीप श्रेश्ठ, भेटघाट बचतका अध्यक्ष बिष्णु तामागं, स्याङ्जा समाज क्युसुका अध्यक्ष मदन पौडेल, ब्यवसायी लक्ष्मण बानिया, कृष्ण प्रसाद सुवेदी, विस्णु अाचार्य, पत्रकार विक्रम कोईराला एवं विद्यार्थी  प्रतिनिधि नवराज गौतमले अ-आफनो विचार राख्दै अभियानको सफलताको लागि अभियन्ताको रूपमा सक्रिय रहने अठोट व्यक्त गर्नु भयो । यस “हाम्रो नेपाल, हामी नेपाली ” सचेतना अभियानलाई भविष्यमा जपानका अन्य शहरहरूमा पनि विस्तार गर्ने योजना रहेको संयोजक धर्मराज अधिकारीले समुद्रपारिलाई बताउनुभयो ।***
Fukuoka2 Fukuoka3 Fukuoka4

तपाईको प्रतिक्रिया