Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

टोकियो – जापानको ट्याक्सी बजारमा छुट्टै प्रसिद्दि कमाएको निहोन कोउचुउले टोकियो भित्र ट्याक्सीको न्युनतम शुल्क ४१० येनमा संचालन गर्ने अनुमतिको लागि यहांको यातायात बिभागमा निबेदन दिएको समाचार योमिउरी सिन्बुनले प्रकाशित गरेको छ । ट्याक्सीको नयां दर अनुसार १.०५९ किलोमिटरसम्म न्युनतम शुल्क ४१० येन र त्यसपछि हरेक २३७ मिटरको लागि ८० येनको दरले थप गर्दै जाने बताईएको छ ।

जापानी समाजमा बढ्दो बृद्दहरुको संख्यालाई ध्यानमा राख्दै छोटो दुरीमा र किनमेलको लागि पनि ट्याक्सीको प्रयोग गर्न सहज होस भन्ने उदेश्यले ट्याक्सीको शुल्कमा पुनर्बिचार गरिएको निहोन कोउचुउले जनाएको छ । ट्याक्सीको हाल चालु रहेको शुल्क अनुसार न्युनतम शुल्क २ किलोमिटरको लागि ७३० येन रहेको छ । कम्पनीका अनुसार ट्याक्सीको शुल्क क्षेत्रगत आधारमा फ़रक निर्धारण गरिएको र हाललाई टोकियोका २३ वडा, मुसासिनो, मिताका सिटी आदिमा नयां ब्यवस्था अनुसार लागु गर्ने सोंच रहेको बताईएको छ ।

यातायात मन्त्रालयले भने कुल ट्याक्सी संख्याको ७० प्रतिशत पुग्ने गरी अन्य कम्पनीहरुबाट पनि ३ महिना भित्र निबेदन आएमा आवश्यक प्रकृया अघि बढाउने बताएको समाचारमा उल्लेख छ । जस अनुरुप अन्य कम्पनीहरुबाट पनि निबेदन आउने क्रम जारी रहेको बताईएको छ । ट्याक्सीको प्रयोगलाई प्रबर्धन गर्नको लागि मन्त्रालयका सम्बन्धित अधिकारीले न्युनतम शुल्कको दुरी कम गरी शुल्क पनि घटाउन प्रस्ताब गरेको छ । जस अनुसार आगामी जुलाई वा अगस्त महिनादेखि न्युनतम १.१६ किलोमिटरको शुल्क ४६० येनको दरले परिक्षणको रुपमा लागु गर्ने योजना बनाईएको पनि समाचारमा उल्लेख छ ।

तुलनात्मक रुपमा जापानको ट्याक्सी भाडा महंगो हुने भएकोले यहां ट्याक्सी प्रयोग गर्ने मानिसहरु कम हुने गरेको पाइन्छ ।

तपाईको प्रतिक्रिया