टोकियो – रुपन्देही समाज जापानले शुभकामना आदानप्रदान र साँगीतिक प्रस्तुती सहित गत मंगलबार सम्पन्न गरेको नेपाली नयाँ बर्ष कार्यक्रम सफल पार्न पुर्याएको योगदानको कदर गर्दै कलाकारहरुलाई सम्मान गरेको छ ।
समाजका अध्यक्ष पशुपति गिरी, सल्लाहकार महेन्द्र रायमाझी, मोना जापानका अध्यक्ष महेन्द्र वानियाले टोकियो रोधी क्लवका कलाकारहरु सञ्जय गुरुङ, शान्तिश्री परियार, देवराज आले मगर, शिला गुरुङ, सलिना नेपाली, सोना केसी, बमबहादुर पुन र हिराबहादुर श्रीष मगरलाई बिहीबार साँझ खादार्पण गरी सम्मान गर्नुभएको हो । यसअघि सूर्य खड्का, बिनोद भण्डारी, राजकुमार लामिछाने लगायतका स्थानीय कलाकारहरुलाई पनि समाजले सम्मान गरिसकेको अध्यक्ष गिरीले बताउनुभयो ।
सो समाजले गत मंगलबार साँझ पुरानो वर्ष २०७२ लाई बिदाई गर्दै नेपाली नयाँ वर्ष २०७३ को आगमनमा शुभकामना आदानप्रदान सहित मनोरञ्जनात्मक साँगीतिक कार्यक्रम सम्पन्न गरेको हो ।***