टोकियो – आज अप्रिल १४ तारिख बेलुकी ९ बजेर २६ मिनेट जांदा जापानको कुमामोतो प्रान्तको कुमामोतो क्षेत्रमा ७ रेक्टर स्केल बराबरको भूकम्प गएको समाचार छ । भूकम्पको कारण सुनामीको खतरा भने नभएको उल्लेख गरिएको छ । उक्त भूकम्प सन २०११ मार्च ११ तारिखका दिन गएको बराबरको भएको समाचारमा जनाईएको छ । भूकम्पका कारण कुमामोतो सिटीको मासुइकीच्यो क्षेत्रमा केहि घरहरु पूरै र केहि घरहरु आंशिक रुपमा भत्किएको समाचारमा उल्लेख छ । जसका कारण घाईतेहरुको संख्या पनि उल्लेख्य मात्रा रहेको छ । सो क्षेत्रका मानिसहरु घर बाहिर निस्केर आरक्षण स्थल तर्फ़ लागेको बताईएको छ ।
त्यसका वरपरका क्षेत्रहरुमा पनि ५-६ रेक्टर स्केलका भूकम्प गएको एनएचके टेलिभिजनले जनाएको छ । त्यस भन्दा केहि मिनेट अघि टोकियोमा पनि २ रेक्टर स्केल बराबरको भूकम्प गएको थियो ।