Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौ- संबैधानिक समितिमा सभापति निलाम्बर आचार्यले प्रमुख तीन ठुला दल जिम्मेवार नभए जेठ १४ गतेपछि मुलुक द्धन्द्धमा जाने चेतावनी दिएका छन् ।
सभासद विश्वानाथप्रसाद अग्रवाला र उनको परिवारको बारेमा भरतविक्रम ढकालले लेखेको निष्काम कर्मयोगी पुस्तकको आज राजधानीमा विमोचन गर्दै आचार्यले मुलुकलाई समाधानमा लाने कि संकट तर्फ धकेल्ने भन्ने कुरा प्रमुख तीन दलको हातमा रहेको दावी गरे ।
तीन दलका बाहेक कसैले पनि मुलुकमा शान्ति र संविधान निर्माणको कार्य सम्पन्न गर्न नसक्ने ठोकुवा गर्दै तीन दलवीच सहमति भएर संविधान नआए मुलुक भिषण द्धन्द्धमा फस्ने चेतावनी दिए । उनले तीन दलले चाहे संविधान आउने नचाहे नआउने भन्दै दलहरुवीच सहमति बनिनसकेकोले भोली बस्ने संबैधानिक समितिको बैठक पनि उपलब्धि हिन हुने बताए ।
उनले भने-तीन दलवीच सहमति नभए संबैधानिक समितिले केही पनि गर्न सक्दैन ।
तपाईको प्रतिक्रिया