Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

११ ४टोकियो – नेपाली नयाँ वर्षको पहिलो दिन आज बैशाख १ गते टोकियोका नेपालीहरु एकै ठाउँमा भेला भई शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाएका छन् ।

यसको तारतम्य र मेलोमेसो भने गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले मिलाएका हुन् । उपाध्यक्ष भट्टले हरेक वर्षको बैशाख १ गते जापानका नेपालीहरुलाई आफ्नै निवासमा भेला गरी नयाँ वर्ष मनाउने प्रचलन बसाएका छन ।

बुधबार साँझ आफ्नो निवासमा भेला भएका नेपालीहरुलाई सम्बोधन गर्दै उपाध्यक्ष भट्टले नयाँ वर्ष सबै नेपालीहरुका लागि सुखद वर्ष बन्न सकोस् भन्ने कामना गरे । अघिल्लो वर्षमा नेपाल र नेपालीले भोग्नुपरेको पीडा र संकटको स्मरण गर्दै उनले मुलुकलाई असजिलो पर्दा जापानका नेपालीहरु एकजुट भई अग्रपंत्तिमा रहेर सहयोगको हात बढाएको बताए । उनले जापानबासी नेपालीहरुले देखाएको एकता र क्रियाशीलता आगामी दिनहरुमा अझ मजबुत भएर जानुपर्ने विचार ब्यक्त गरे ।

सो अवसरमा नेपाली दूतावासका द्वितीय सचिव टोपनारायण गिरी, एनआरएन जापानका अध्यक्ष सुदन थापालगायतले पनि नयाँ वर्षको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा टोकियो क्षेत्रमा रहेका संघसंस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, ब्यवसायी, विद्यार्थी तथा सर्बसाधारण नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको एनआरएन जापानका सल्लाहकार जिज्ञानकुमार थापाले सहजीकरण गरेका थिए ।***  ९BB 12 ८ १३ १५ १६ १५ ८

 

तपाईको प्रतिक्रिया