काठमाडौं– जापानस्थित नेपाली कार्यबाहक राजदूत गेहेन्द्र राजभण्डारी नेपाल सरकार परराष्ट्र मन्त्रालयको सहसचिब पदमा बढुवा हुनुभएकोमा सुदूरपश्चिमेली समाज जापानले बधाई तथा नयाँ जिम्मेवारी सफलताको शुभकामना व्यक्त गरेको छ ।
राजभण्डारी मंगलबार सहसचिब पदमा बढुवा हुनुभएको हो । जापानमा कार्यबाहक राजदूतको पद सम्हालेको छोटो समयमै राजदूत राजभण्डारीले जापानमा रहेका नेपालीको मन जित्न सफल हुनुभएको छ । जापानस्थित नेपाली दूतावासले प्रवाह गर्ने सेवामा उल्लेख्य परिवर्तन गरी छिटोछरितो सेवा सुबिधा दिएकोले कार्यबाहक राजदूतलाई नै नयाँ राजदूतका रुपमा नियुक्ति गर्न पनि समाजले नेपाल सरकारसँग अनुरोध गरेको छ।
समाजले बुधबार एक बिज्ञप्ति जारीगर्दै कार्यबाहक राजदुत राजभण्डारी राजदूतका लागि सक्षम र योग्य रहेको पनि ठहर गरेको छ्र । राजभण्डारीले लामो समयदेखि जापानको नेपाली दूताबासको सुस्त काम कारबाहीलाई छिटो छरितो गरेको र जापानका नेपालीहरुको मन जित्न सफल हुनुभएको समाजका अध्यक्ष पूर्ण चलाउनेद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।