Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले  जेठ १४ गते भित्र संविधान निर्माण भयोभने त्यसले मुलुकलाई बिग्रहमा लैजाने बताउनु भएको छ ।
विराटनगर विमानास्थलमा आज संचारकर्मीहरु संग कुरा गर्दै नेता थापाले छोटो समयमात्र रहेकोले हचुवा र हतारमा निर्माण गरिने संविधानले मुलुकलाई बिग्रहमा लैजानुको साथै चांडै समाधान नखोजीए नयां द्धन्द समेत निम्तीने चेतावनी दिनुभएको हो ।
माओवादी र मधेशी मोर्चा विच भएको चार बुंदे सहमतीलाई सरकारले कार्यान्वयनमा ल्याउने भन्नु सस्तो लोकप्रीयता र सत्ता टिकाउने चाल भएको दावी गर्दै नेता थापाले त्यो सहमती अन्तरिम संविधान र राष्ट्रिय स्वार्थ प्रतिकुल रहेकोले त्यसलाई खारेज गर्न माग गर्नुभयो ।
राजनैतिक मुद्दा फिर्ता लिने बहानामा सरकारले राजनीतीसंग साइनो नभएका जघन्य अपराधी, डाका, हत्यारालाई उन्मुत्ती दिने षडयन्त्र गरेको आरोप लगाउंदै नेता थापाले सरकारको मुद्दा फिर्ताको निर्णयले मुलुकको कानुनी शासनको उपहास मात्र नभएर दण्डहिनताको पराकाष्ठा नाघेको  दावी गर्नुभयो ।
जनता प्रतिको सदासयता प्रकट गर्दै पुर्व राजा ज्ञानेन्द्र शाहले विराटनगरमा ब्यक्त गरेको अभिब्यक्तिलाई प्रधानमन्त्री तथा प्रमुख राजनैतिक दलका नेताहरुले गलत ब्याख्या गरी दुस्प्रयास प्रचार गरेको जिकिर गर्दै थापाले उनीहरुले आफुहरुको असफलता लुकाउन पुर्वराजाको अभिब्यक्तिलाई बंग्याउन खोजेको आरोप लगाउनु भयो ।
पर्वराजाले गएको फागुन १८ गते प्रजातन्त्र, राष्ट्रियता र जनताको जिउधनको सुरक्षा जोखिममा परेको अभिब्यक्ती दिनुभएको थियो ।
पुर्व राजाको उक्त अभिब्यक्तिलाई लिएर सरकारले दिंदै आएको सुरक्षा समेत कटौती गर्ने भनिरहेको विषयमा नेता थापाले राजदरवार छोड्नु अगाडी पुर्व राजा र तत्कालीन सरकार विच भएको सहमती अनुसार दिंईदै आएको सुरक्षा वर्तमान सरकारले एकलौटी रुपमा हटाउन नसक्ने ठोकुवा गर्नुभयो ।
तपाईको प्रतिक्रिया