Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं– वर्ल्ड नेवा अर्गनाइजेसन जापान शाखामा नयाँ नेतृत्व चयन भएको छ ।

टोकियोस्थित शिबुयास्थित चुबाकी गार्डेनको सभाहलमा आइतबार सम्पन्न भेलाले जापान शाखाका संयोजकमा प्रा.डा. केशबलाल महर्जनलाई चयन गरेको छ ।
संसारभर छरिएर रहेका नेवार जातिको संस्थान वर्ल्ड नेवा अर्गनाइजेसनको जापान शाखाको नेतृत्व चयनका लागि आयोजित भेलामा एनआरएनका पूर्वअध्यक्षहरु राजन प्रधानांग, डा. दिनेश मानन्धर, सुनिलकुमार शाक्य, इन्दिरा सुजुकी, जनकराज, सन्दीप नरसिंह र संगीता शाक्यले आफ्नो धारणा राख्नु भएको थियो । उहाँहरुले नेपाली भाषा, संस्कृत, ज्ञान, विज्ञान कलाको संरक्षण र संवद्र्धनमा जोड दिनुभयो ।

संयोजकमा चयन हुनुभएका प्रा.डा. महर्जनले वर्ल्ड नेवा अर्गनाइजेसनबारे धारणा राख्नुभयो । सो अवसरमा वर्ल्ड नेवा अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले शुभकामना सन्देशबाट भेलाको उद्घाटन गर्नुभएको थियो ।

भेलामा महेशकुमार श्रेष्ठ, बलराम श्रेष्ठ, महेन्द्र श्रेष्ठ, गोविन्द श्रेष्ठ, अरुण श्रेष्ठ लगायतले जापान शाखाको सफलताको शुभकामना सन्देश पठाउनुभएको थियो । भेलाले जापान शाखाको संरक्षकका रुपमा चार जनालाई तोकेको छ । संरक्षकहरुमा प्रा.डा.ल केशवलाल महर्जन, राजन प्रधानांग, डा. दिनेश मानन्धर, डा. शुवर्ण बज्राचार्य हुनुहुन्छ ।
त्यस्तै सल्लाहकारहरुमा महेन्द्र श्रेष्ठ, बलराम श्रेष्ठ, अरुण श्रेष्ठ, दिनेश स्थापित, अनिलकुमार शाक्य रहनु भएको छ ।

वर्ल्ड नेवा अर्गनाइजेसन जापान शाखाका समितिहरुका लागि पनि प्रतिनिधि तोकिएको छ । जसअनुसार टोकियोबाट इन्दिरा सुजुकी, सविता श्रेष्ठ, गंगा डंगोल, संगीता शाक्य, रामभक्त जोशी, सुनीलकुमार शाक्य, इशवर जोशी, जनकराज शाक्य, कृष्णबदन जोशी, सन्दिप नरसिंह शाक्य, विकास श्रेष्ठ, राजीव श्रेष्ठ रहनुभएको छ ।
योकोहामा सहरबाट शिद्धार्थ श्रेष्ठ, कानागावाकेनबाट राजेन्द्र श्रेष्ठ, ओशाकाबाट दिनेश श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, फुकुओकाबाट रामकृष्ण श्रेष्ठ, ओकिनावाबाट नारायय जोशी, क्योटोबाट रामेश श्रेष्ठ, नागोयाबाट जनक श्रेष्ठ, राजेन्द्र श्रेष्ठ रहनु भएको छ ।

त्यस्तै सेन्दाईबाट रामकृष्ण डंगोल, गुम्माकेनबाट रंजनीया अमात्य, तोचिगीकेनबाट सुरेन्द्र श्रेष्ठ र होक्काइदोबाट श्रीहरि श्रेष्ठ रहनुभएको छ ।
वर्ल्ड नेवा अर्गनाइजेसन (डब्लुएनओ)ले जापान शाखामा बसी काम गर्न इच्छुक व्यक्तिहरुले [email protected] मा सम्पर्क गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया