Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – जापानबासी नेपालीहरुले आज टोकियोमा शान्ति र्‍याली प्रदर्शन गरेका छन् । शान्ति र्‍याली मार्फत यहाँका नेपालीहरुले बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देश प्रवाह गरेका छन् । अन्तर्राष्ट्रिय समुदायमा बुद्ध भारतमा जन्मेको भन्ने विद्यमान भ्रमलाई चिर्न बिगत तीन वर्ष देखि टोकियोमा शान्ति र्‍याली कार्यक्रम हुँदै आएको हो । 8 ७टोकियोको ब्यस्त मानिने शिबुया नगर परिक्रमा गर्दै नेपालीहरुले बुद्ध लुम्बिनीमा जन्मेका हुन्, लुम्बिनी नेपालमा पर्छ, बिश्वशान्ति कायम रहोस्, नेपाल जापान सम्बन्ध अमर रहोस्, नेपाल जापान कूटनीतिक सम्बन्धको ६० औं वर्षागांठ सफल पारौं भन्ने गगनभेदी नारा लगाएका थिए ।जापानी भाषामा लगाईएको नारासहितको र्‍याली देखेर जापानीहरु टक्क अडिएर बडो अचम्म मान्दै हेरिरहेका देखिन्थे । प्रहरीको स्कर्टीङ रहेको र्‍यालीमा फहराईएका नेपाली झण्डाले जापानका सडक राताम्मे देखिन्थे ।

उक्त क्षेत्रमा पर्ने मियासिता पार्कमा भेला भएका राष्ट्रिय पोशाक दौरासुरुवाल, ढाकाटोपी, साडी ब्लाउज तथा आफ्ना जातिय पहिचान सहितको भेषभूषामा सजिएका सयौं नेपालीहरुले राष्ट्रिय झण्डा फहराउँदै बिभिन्न नाराहरु लेखिएका प्लेकार्ड बोकेर नगर परिक्रममा गरेका हुन् । र्‍यालीमा जापानमा क्रियाशील बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, बुद्धिजीवी, विद्यार्थी, कर्मचारी, मिडियाकर्मी लगायत सर्बसाधारण नेपाली तथा जापानीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल जापान युथ क्लव र वी फर अल जापानको संयुक्त आयोजना र यहाँका नेपालीहरुको सहकार्यमा भएको शान्ति र्‍याली प्रदर्शनको अन्तमा वी फर अलका अध्यक्ष सरोज खत्रीले जापानमा नेपाली एकतालाई कायमै राख्दै शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो र लुम्बिनी नेपालमा पर्छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा प्रवाह गर्न शान्ति र्‍यालीको आयोजना गरिएको बताउनुभयो । र्‍यालीमा सहभागी भई ऐक्यबद्धता जनाउने सबैमा धन्यबाद ब्यक्त गर्दै खत्रीले आगामी वर्षहरुमा पनि यसप्रकारको बृहत र्‍याली प्रदर्शन कार्यक्रमलाई निरन्तरता दिईने बताउनुभयो । उक्त शान्ति र्‍यालीको समुद्रपारि डट कमले आफ्नो फेसबुक पेज मार्फत लाईभ प्रसारण गरेको थियो । उक्त भिडियो हेर्न यहां क्लिक गर्नुहोला । ***

शान्ति र्‍याली  २०१५ (फोटोफिचरसहित)

शान्ति र्‍याली  २०१४ (फोटोफिचरसहित)
9 10 11 12 13 14 १५ 17 18 19 20 211 2 3 4 5 6१५

तपाईको प्रतिक्रिया