Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

मुम्बइ- लापरबाही ढंगले मोटरसाइकल चलाएर दुई जनालाई घाइते बनाएको घटनामा अदालतबाट कैद सजायँ सुनाइएका बलिउड अभिनेता जोन अब्राहम जमानतमा रिहा भएका छन् । अब्राहम २० हजार भारु जमानत बुझाएर रिहा भएका हुन् ।

यसअघी शुक्रबार अभिनेता जोन अब्राहमलाई १५ दिन कैद सजाय सुनाइएको थियो । लापरबाही ढंगले मोटरसाइकल चलाएर दुई जनालाई घाइते बनाएको घटनामा अब्राहमलाई दोषी ठहर गर्दै मेट्रोपोलिटन न्यायालयले यसअघि गरेको १५ दिन कैद फैसला मुम्बई सेसन कोर्टले सदर गरेको थियो ।
अब्राहमले सन् २००६ मा लापरबाही ढंगले मोटरसाइकल चलाउँदा मुम्बईमा दुई जना घाइते भएका थिए । अब्राहमले मेट्रोपोलिटन न्यायालयले गरेको १५ दिनको कैद सजायँ कम गर्न मुम्बई उच्च अदालतमा अपिल गरेका थिए ।
अदालतको फैसलासँगै उनलाई प्रहरीले हिरासतमा लिएको थियो ।

 

तपाईको प्रतिक्रिया