टोकियो–मार्सल आर्ट किक बक्सिङ्ग च्याम्पियन मोहन महर्जन ‘ड्रागन’ले यही अप्रिल १० तारिक आइतवार एक महत्वपूर्ण खेलमा भीड्ने भएका छन् ।
उनले एहिमे प्रिफेक्चरमा हुन गईरहेको ‘मुराकामी फेस्टिभल’ नामक इभेन्टमा खेल्ने भएका हुन् । ड्रागनले ६७ केसी समूहमा जापानका खेलाडी थेचुहिरोसँग खेल्दैछन् । एहिमे प्रान्तको निशी साइज्यो सिटीको सोगो हलमा दिनको ३ बजेबाट खेल हुँदैछ । थाइल्याण्डको खेल नियममा खेल हुनेछ । जुन खेललाई अन्य नियम भएका खेलहरु भन्दा बढी खतरापूर्ण मानिन्छ । खेलमा प्रतिद्वन्दीलाई कुहिनो, घुुँडा आदिले प्रहार गर्न पनि पाइनेछ ।
उमेरले चार दशक पुुगेपनि नेपाललाई चिनाउनको लागि जस्तोसुकै खेल पनि खेल्न आफू तयार रहेको ड्रागनले समुद्रपारिसँग बताए ।
एहिमे क्षेत्रमा रहेका नेपालीहरुलाई खेल हेर्न उपस्थित भई आफूलाई हौसला बढाईदिन उनले अनुरोध गरेका छन् ।
तपाईको प्रतिक्रिया