Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – म्याग्दीको शिख गाविस स्थित पाउद्धारमा नुनीलो पानीको मुहान फेला परेको छ । कालगण्डकी नदी नजिकै मुहान भेटिएपछि नुनखानी भएको अनुमान गरिएको छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना अन्तरगत पर्ने शिख र नारच्याङ गाविसको सिमानामा मुहान भेटिएपछि त्यसको अनुसन्धान सुरु गरिएको तातोपानी संरक्षण समितिका सदस्य पूर्णबहादुर पुनले बताए । ‘‘तातोपानीसंगै नुन समेत देखिएको छ ’’ उनले भने,‘‘ पानीको स्वाद नुन हालेको जस्तो भएकाले पनि खानी तथा भूगर्भ विभाग मार्फत अनुसन्धान सुरु गरिएको छ । ’’

करिव ५० डिग्रि सेल्सियस तापक्रममा नुनीलो पानीको मुहान तथा आसपासको जग्गामा सेताम्मे नुन जस्तै पदार्थ देखिएको छ । कालिगण्डकी नदीको किनारमा दुई बर्ष अगाडि फेला परेको तातोपानीलाई संरक्षण गर्ने क्रममा डोजरको सहायताले स्नानका लागि कुण्ड बनाउने क्रममा नुनको खानी फेला परेको स्थानिय समाजसेवी बागविर पाईजाले बताए ।

उनले भने,‘‘ उत्खननका लागि नमुना पठाइसकेका छौ ।’’ नुनखानी उत्खनन गर्न आवश्यक सहयोगका लागि स्थानियले जिविस र सभाषद्लाई समेत सहयोग मागेपछि स्थलगत अवलोकनमा गएका सभासद गोविन्द्र पौडेलले अन्य क्षेत्रमा रहेका तातोपानी भन्दा स्वाद फरक रहेकाले पनि यसको अनुसन्धान आवश्यकता रहेको बताएका थिए । उनले यसका लागि सम्बन्धित क्षेत्रमा पहल गरिने समेत बताए । ‘‘ खानी भएका क्षेत्रको संरक्षण गर्ने दायित्व राज्यको भएकाले प्राथमिकतामा राख्न लिखित निवेदन दिन्छु’’ उनले भने ।

मुहान देखिएपछि जिविस, गाविस तथा स्थानियको श्रमदान गरी तिन लाख लागतमा मुहानलाई ब्यवस्थित गरिएको स्थानिय विकास अधिकारी चक्रपाणी शर्माले बताए । उनले भने,‘‘ यसलाई संरक्षण गर्ने अभियान नै सुरु गरेको छौ ।’’ अहिले तातोपानीमा मुस्ताङ भ्रमण गर्न गएका पर्यटकले स्नान गर्ने गरेका छन् । अनुसन्धानबाट नुनखानीको रुपमा पुष्टि भएपछि यो ठाउँलाई प्राकृतिक उपचार केन्द्रकै रुपमा विकास गर्ने योजना समेत बनाइएको छ । जिल्लामा करिव आधा दर्जनभन्दा बढि तातोपानीका मुहान रहेका छन् । ***

तपाईको प्रतिक्रिया