काठमाडाैँ – जापानको टोकियोमा आयोजित ४० औँ एसिया प्यासिफिक फेस्टिबल एण्ड च्यारिटी बजार २०१६ मा जापानकी राजकुमारी हिताचीले अवलोकन गर्नुभएको छ । नेपालसहित ३९ ओटा मुलुकको सहभागीता रहेको उक्त कार्यक्रममा नेपाली खाना तथा हस्तकला प्रदर्शनमा राखिएको थियो ।
जापानी राजकुमारीले नेपाली स्टल अवलोकन गर्नुका साथै नेपाली हस्तकलासंगै केही अन्य सामान पनि खरिद गर्नुभएको थियो । जापान स्थित नेपाली राजदूताबासले जारी गरेको विज्ञप्ति अनुसार कार्यक्रममा जापानी प्रधानमन्त्री पत्नी आकीए आबेको पनि उपस्थिती रहेको थियो । उहाँले पनि नेपाली स्टल चाखपूर्वक हेर्नुको साथै केही सामान समेत खरिद गर्नुभएको थियो ।
टोकियो स्थित आना इन्टरनेशनल होटलमा भएको कार्यक्रममा नेपाली राजदूताबास तथा जापानबासी नेपालीहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो ।