Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

Bhura 2टोकियो – हालै जापानमा भएको अन्तर्राष्ट्रिय बाल फुटवल प्रतियोगितामा नेपालको टिमले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । छैठौं कोपा कप फुटवल प्रतियोगितामा नेपाली टिमले पहिलो पटक भाग लिएको हो ।

उक्त प्रतियोगितामा जापानका बिभिन्न फुटबल क्लवका २२ टिम र बिदेशबाट ६ गरी जम्मा २८ टिमको सहभागिता रहेको थियो । विदेशी ६ टिममा नेपालले तेश्रो स्थान हासिल गरेको छ भने समग्र खेलमा १७ औ स्थान हासिल गरेको छ । प्रतियोगितामा नेपाली खेलाडीहरुको प्रदर्शनलाई सबैले खुलेर प्रसंशा गरेका थिए ।

नेपाली टिमले जापानका विभिन्न क्लव तथा विदेशी टोलीलाई लगातार पराजित गरेको थियो । अप्रिल १ तारिखमा भएको पहिलो प्रतिस्पर्धामा नेपालले आयोजक एएफसी तोरेरोसलाई २-० गोलले पराजित गरेको थियो भने बाँकी दुई खेलमा पराजय भोगेको थियो । विजयी खेलका लागि अनमोल सिंह थापा र रोशन थापाले गोल गरेका थिए । बाँकी खेल मध्ये बान्फारे कोफु यामानासी क्लवसंगको खेलमा मिड फिल्डर अनमोल सिंह थापा र फरवार्ड कुशल परियारले गोल गरेपनि विपक्षी तीन गोलले पराजित भएका थिए । यस्तै अर्को खेलमा प्रमिश गुरुङले नेपालका लागि पहिलो गोल गरे पनि फुकुसीमा फुटवल क्लवसंग दुई गोल अन्तरले पराजित भएको थियो ।

यस्तै दोश्रो दिनको खेलमा आईची फुटवल क्लवसंग एक गोलले पराजित भए पनि ताकानो क्लवलाई दुई गोल र तोरेरस क्लवलाई तीन गोलले हराउन सफल भए । ताकानो क्लवलाई पराजित गर्ने क्रममा नेपालका मनोज नेपालीले दुवै गोल एक्लैले गरेका थिए भने तोरेरससंगको विजयी खेलमा मिडफिल्डर अनमोल सिंह थापाले दुई तथा मनोज जलारीले एक गोल गरेका थिए ।

अन्तिम दिनको खेलमा इवाराकी कासिमा क्लवलाई ४-३ गोल अन्तरले पराजित गर्न सफल भएका नेपाली खेलाडीहरुले अन्तिम खेलमा पनि मिच्सुविसी योवा च्योफु जुनियरलाई २ का बिरुद्ध १ गोल गरेका थिए । जसमा पहिलो खेलमा अनमोलसिंह थापा, मनोज जलारी, मनोज नेपाली र बिशाल थापा मगरले विजयी गोल गरे भने अन्तिम खेलमा अनमोल सिंह र मनोज नेपालीले स्कोर थपे ।

सिजुओकाको गोतेन्बामा भएको प्रतिस्पर्धामा उत्कृष्ट टिम र्साईतामाको रेजिष्टा फुटवल क्लव भएको थियो भने बुडी सकर क्लव दोश्रो तथा हेरुता वेरलिन जर्मनी तेश्रो भएका थिए ।

नेपाली जुनियर टिममा खेलाडीहरुमा प्रसन्न श्रेष्ठ, प्रकाश नेपाली, निराजन थापा क्षेत्री, बिशाल थापा मगर, मनोज नेपाली, मनोज जलारी, अनमोल सिङ थापा, साकार थापा कुशल परियार, रोशन थापा, अविरल थापा, प्रमिश गुरुङ, अस्मित गोर्खाली र समिप गौचन रहेका थिए । प्रत्येक टिमबाट एक जना बेष्ट प्लेयर पाउनेमा नेपालका अनमोलसिंह थापाले हात पारेका थिए । टिमको प्रशिक्षकमा बसन्त गौचन र शम्भु केसी रहेका थिए । बाल खेलाडीहरु सोमबार नै स्वदेश फर्किसकेका छन ।

नेपाली टीमलाई जापानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि गराउन जापानमा एक सहयोग समितिले बिगत ६ महिना देखि पहल गर्दै आएको थियो । समितिको संयोजकमा शरदकुमार गौचन, उपसंयोजक प्रकाश तुलाचन, सदस्यहरुमा बसन्त गौचन, तिलक मल्ल र बुध्दी गौचन रहेका छन ।*** ***  bhura 1 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

तपाईको प्रतिक्रिया