टोकियो-आफ़्नै बुवाले हांकेको गाडिले ठक्कर दिंदा यहि आईतबारका दिन इबाराकि केनको सिमोचुमा भन्ने ठाउंमा १ बर्षिया बालिकाको मृत्यु भएको स्थानिय प्रहरीलाई उद्दृत गर्दै फ़ुजी टेलिभिजनले जनाएको छ ।
आईतबार सांझ ६ बजेतिर स-परिवार किनमेलको लागि जाने क्रममा घर नजिकैको पार्किंग भन्दा बहिर गाडि ब्याक गर्दा आफ़्नै १ बर्षिया छोरीलाई ठक्कर दिएको थियो । त्यस पश्चात घाइते बालिकालाई अस्पताल पुर्याईएको भए पनि उनको मृत्यु भएसकेको चिकित्सकले घोषणा गरेका थिए । बालिकाकी आमाले संगै किनमेलमा जान निस्केकी आफ़्नी दोश्रो छोरीलाई केहि सेकेण्ड मात्र नहेर्दा नसोचेको दुर्घटना भएको संचारमाध्यामलाई बताएका छन ।