टोकियो – गल्कोट स्पोर्टस् क्लब जापानको अायोजनामा टोकियोमा भएकाे भलिवल प्रतियोगितामा अायाेजक टिम गल्काेट स्पाेर्टस् क्लब प्रथम भएको छ । ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नारा सहित नेपाली नयाँ वर्ष २०७३ सालको अवसरमा अायाेजित प्रतियोगितामा ११ टिमकाे सहभागिता रहेकाे थियाे ।
प्रतियाेगितामा नेपाल स्पाेर्टस् क्लब ताेचिगीले दाेस्राे स्थान हात पारेकाे छ ।
एनअारएन जापानका अध्यक्ष सुदन थापाद्वारा उद्घाटित प्रतियाेगिताकाे समापन समाराेहमा जापानका लागि कार्यवाहक राजदूत तथा उपनियोग प्रमुख गेहेन्द्र राजभण्डारीकाे प्रमुख अातिथ्यता रहेकाे थियो ।
कार्यक्रममा लामो समयदेखि मार्सल अार्ट किक बक्सिङद्वारा नेपाललाई चिनाउँदै अाएका माेहन महर्जनलाई पनि सम्मान गरिएको थियो भने कार्यक्रमस्थलमा घुम्टे नाैमती बाजाले थप राैनकता थपेकाे थियाे ।
कार्यक्रम क्लवका अध्यक्ष गिरीप्रसाद शेरचनकाे अध्यक्षता र महासिचव लक्ष्मण कार्कीकाे संञ्चालन रहेकाे थियाे भने मुख्य रेफ्रीकाे भूमिका रत्न सिंह बस्नेतले निभाएका थिए ।
स्पाेर्टस् क्लवकाे दाेस्राे वार्षिकोत्सव समेतकाे अवसर पारी अायोजित प्रतियोगितामा प्रमुख अतिथि राजभण्डारी र समाजका उपाध्यक्ष तथा क्लवका सल्लाहकार दिलु पन्तले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगितामा स्पोर्टस म्यानसिप प्लेयर तोचिगीका मदन साउद, डिफेन्सिप प्लेयर दीपसुन फुड्सका भिक्टर मगर, भर्सटाएल प्लेयर गल्कोट समाज नागोयाका देव केसी र बेष्ट प्लेयर गल्कोट स्पोर्ट्सका राजन मल्ल घोषित भएका थिए ।
त्यस्तै उत्कृष्ट खेल प्रदर्शनसँगै अनुशासित टिमको उपाधि भने नेपाल स्पोर्ट्स क्लब तोचिगीले नै प्राप्त गरेको थियो ।
कार्यक्रम समापनका अवसरमा अध्यक्ष शेरचनले आर्थिक रुपमा सहयोग गर्ने संघसंस्था, ब्यापारी, स्वयंसेवकका साथै सहभागीहरू सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।**