Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

मोनाका अगुवाहरु जापानमा

Myagdeli-sanjal - logoटोकियो – प्रवासी म्याग्देलीहरुको अन्तर्राष्ट्रिय सञ्जाल मोनाका अगुवाहरु अहिले जापानमा छन् । म्याग्देली सञ्जाल जापानको आज आइतवार टोकियोमा हुन गईरहेको पाँचौ अधिवेशन समारोहमा भाग लिनका लागि मोनाका केन्द्रिय अध्यक्ष योगेन्द्रबहादुर क्षेत्री, वरिष्ठ उपाध्यक्ष बिनोद कुँवर, देबेन्द्र कुँवर लगायतका अगुवाहरु जापान आईपुगेका हुन् ।

एनआरएन युकेका पूर्व अध्यक्ष र हाल आईसीसीका सदस्यसमेत रहेका मोनाका केन्द्रिय अध्यक्ष क्षेत्री बेलायतबाट र एनआरएन दक्षिण कोरियाका पूर्व अध्यक्ष र हाल आईसीसीका सदस्य समेत रहेका मोनाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बिनोद कुँवर, मोना दक्षिण कोरियाका देवेन्द्र कुँवर कोरियाबाट टोकियो आईपुगेका हुन् । जापान आईपुगेका मोनाका अगुवाहरुलाई सञ्जालका अध्यक्ष महेन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष महेन्द्र बानिया, महासचिव खेम मल्ल, एनआरएन जापानका पूर्व अध्यक्ष एवं हालका सल्लाहकार रोशन केसी लगायतले स्वागत गर्नुभएको थियो । न्युजिल्याण्ड, हङकङ, बेल्जियम लगायत अन्य मुलुकमा रहेका मोनाका अन्य अगुवाहरु पनि जापान आउने कार्यक्रम रहेको सञ्जाल स्रोतले जनाएको छ ।

यतिबेला बिदेशमा रहेका म्याग्देलीहरु म्याग्दीलाई नि:शुल्क वाईफाई जिल्ला बनाउने महाअभियानमा जुटेका छन् । आइटी बिज्ञ डा. महावीर पुनको अवधारणा अनुसार जिल्लालाई पहिलो फ्रि वाइफाई जिल्ला बनाउने अभियानलाई मोनाले आफ्नो प्रतिष्ठाको बिषय बनाउँदै आएको छ । सोहीअनुरुप म्याग्देली सञ्जाल जापानले पनि पाँचौ अधिवेशनसंगै वाईफाई अभियानलाई पहिलो मुद्दा बनाएको छ । जसअनुसार आजै टोकियोमा हुने अधिवेशनले वाईफाई अभियानलाई प्रमुख एजेण्डाकोरुपमा उठाउने सञ्जालका अध्यक्ष खड्काले समुद्रपारिलाई बताए । सोहीअनुरुप वाईफाई अभियानको सहयोगार्थ अधिवेशन संगै आजै साँझ साँगीतिक वातावरणमा च्यारिटी डिनर कार्यक्रमको आयोजना गरिएको बताईएको छ । अधिबेशन र च्यारिटी डिनर

त्यसबाहेक अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै भावी कार्यदिशा तय गर्ने छ भने केन्द्रसंगको समन्वयकारी भूमिकालाई थप प्रभावकारी बनाउन ठोस कदमहरुको तर्जुमा गर्ने सञ्जाल अध्यक्ष खड्काले बताए ।

सन् २००७ मा छक्कू उदासीको अध्यक्षतामा स्थापित म्याग्देली सञ्जालले जापानमा म्याग्देलीहरुलाई समेट्दै आफ्नो कला, सँस्कृतिलाई अक्षुण्ण राख्न र जिल्लामा भैपरि आउने अवस्थामा सरसहयोगमा क्रियाशील रहँदै आएको छ । जेहेन्दार तथा बिपन्न वर्गका विद्यार्थीलाई छात्रबृत्ति, गलेश्वरधाममा बृद्धाश्रम निर्माण, बैसरी पहिरो पीडितलाई सहयोग, जापानमा दर खुवाउने र देउसीभैलो कार्यक्रमको थालनी लगायतका कार्यक्रमहरु म्याग्देली सञ्जाल जापानको मौलिक चिनारी भएको सञ्जालका वरिष्ठ उपाध्यक्ष महेन्द्र बानिया बताउँछन् ।

अत्यन्त महत्वका साथ हेरिएको यसपटकको अधिवेशनमा उत्साहकजनक सहभागिता जनाई जिल्लाकै गौरवशाली वाइफाई अभियानमा हातेमालो गरी आफु पनि सक्दो हिस्सेदार बन्न सञ्जालका महासचिव खेम मल्लले जापानबासी म्याग्देलीहरुमा अपिल गरेका छन् ।***

तपाईको प्रतिक्रिया