Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – हरेक साल झैं यस वर्ष पनि नेपाललाई माया गर्ने सम्पूर्ण नेपाली लगायत जापानी तथा विदेशी मित्रहरुलाई मौलिक रहन-सहन, भेषभुषा तथा संस्कृतिको परिचय दिने हेतुले मार्च १० तारिख शनिबारका दिन आयोजना गरिन लागिएको हातेमालो महोत्सव (हातेमालो फेस्टिबल) को सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक संस्थाका अनुसार जापानको चिबा प्रिफेक्चर अन्तर्गत फुनाबासी शहरमा केन्द्रित रही स्थापना भएको ६ वर्ष पूरा भएको उपलक्ष्यमा सञ्चालन गर्न लागिएको छैठौं हातेमालो फेस्टिबल कार्यक्रमका लागि संस्थाका उपाध्यक्ष डा. ई. सुरज प्रधानको संयोजकत्वमा आयोजना समिति गठन गरिएको छ । समितिका अन्य सदस्यमा प्रचण्ड मनि बज्राचार्य, सुकुमान थिङ तामाङ, राम शाही र मोहन महर्जन (मोहन ड्रागन) रहनुभएको छ ।

कार्यक्रममा नेपालको परम्परागत नाच, परम्परागत संगीतको परिचय, नेपाली र विदेशीको बीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने जनाइएको छ । विशेषतः हातेमालो समाजको मुख्य उदेश्य अनुरुप न्यूनतम शुल्कमा धेरैभन्दा धेरै सहभागी गराउने रहेको छ । साथै जापानमा बसोबास गरिररहनु भएका कला, खुबी बोक्नु भएका नेपाली तथा जापानी लगायत सबैलाई आ-आफ्नो कला तथा खुबी प्रदर्शन गर्नको लागि जापानबासी सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई छैठौं हातेमालो फेस्टिबलमा उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गरिएको छ ।

कार्यक्रमको विवरणः

मितिः मार्च १० तारिख (शनिबार) दिउँसो १२ देखि ३ बजेसम्म

सहभागी शुल्कः १००० जापानी येन (हलुका चियापान सहित) (प्राथमिक तहभन्दा मुनिको भाइबहिनीलाई निःशुल्क)

स्थानः फुनाबासी शहर चिबा काचुशिका सभाहल (3-6-25-201, Nishifuna, Funabashi-shi, Chiba) (船橋市葛飾公民館 -千葉県船橋市西船3-6-25-201)

[7-minute walk from Keisei Main Line Keisei-Nishifuna Station and 10-minute walk, from JR Nishi-Funabashi Station]

Email: [email protected]

URL: http://www.hatemalo.org

तपाईको प्रतिक्रिया