काठमाडौँ – भूकम्प पीडितहरुको सेवामा सकृय युवा कलाकर्मीहरुको समुह वि फर अल (हामी सबैका लागी)ले काभ्रे जिल्लाको बिकट गाँउ पोखरी चौरीमा तीन विद्यालयको पुनः निर्माण गरेको छ । नेपालमा गत बैशाखमा १२ र २९ गतेको भूकम्प र त्यसपछिका पराकम्पका कारण भत्किएका विद्यालयको पुनः निर्माण गरेको हो ।
करीब १० लाख रुपैयाको लागतमा निर्माण गरिएका १४ कोठाका तीन विद्यालयहरुमा बालहीत प्राबि, महादेव प्राबि र सारेपोखरि प्राबिको अस्थाइ भवन निर्माणपछि मंगलबार हस्तान्तरण गरिएको छ ।
बलेवा सेवा समाज जापान, अभिनेत्री जल शाह र साहित्यकार प्रेमा शाह (अमेरिका), धर्म अधिकारि (अस्ट्रेलिया) , सुबाश महत (अस्ट्रेलिया), अभिनेत्री सुमिना श्रेष्ठ र उद्यमी सुशिल पोखरेलको आर्थिक सहयोगमा वि फर अल समुहले विद्यालयको भवन निर्माण गरेको समुहका कोषाध्यक्ष राजन काफ्लेले जानकारी दिनुभयो । स्कुल हस्तान्तरण कार्य्रक्रममा बोल्दै समुहका सम्योजक सुरेस दर्पण पोखरेलले तत्कालको आवास्यकता पूर्तीका लागि अस्थायी रुपमै भएपनि विद्यालयको भवन निर्माण गरेको बताउनुभयो । उहाँले अभाबका कारण बालबालिकाहरु शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने प्रमुख उद्धेश्य रहेको समेत बताउनुभयो ।
विद्यालय हस्तान्तरणका क्रममा तीनैवटा विद्यालयका शिक्षक, बिद्यार्थी तथा अभिभावकको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई स्टेशनरी सामाग्रीहरु पनि बितरण गरिएको थियो ।