Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौँ- गत संविधानसभा निर्वाचनमा माओवादी आतङ्कका कारण प्राविधिक रूपमा तेस्रो भए पनि नेकपा -एमाले)को साङ्गठनिक सञ्जाल भने पहिलो दल माओवादी र दोस्रो दल काङ्गे्रसभन्दा कम छैन ।
फागुन २० गतेसम्मको तथ्याङ्कअनुसार नेकपा (एमाले)को कुल सङ्गठित सदस्य सङ्ख्या १ लाख ६० हजार १ सय ४८ छ । जबकि २०६४ सालमा यो सङ्ख्या १ लाख ३९ हजार १५ थियो । यस हिसाबले चार वर्षमा करिब २० हजार सङ्गठित सदस्य बढेको देखिन्छ ।
एमालेमा अहिले १४ वटा अञ्चल र उपत्यका गरी १५ अञ्चल समन्वय कमिटी, एउटा सम्पर्क विशेष समन्वय कमिटी, भारत प्रवास समन्वय कमिटी तथा युरोप, मध्यपूर्व एसिया, दक्षिणपूर्व एसिया, अस्टे्रेलिया र केन्द्रीय कार्यालय गरी अन्य सात वटा सङ्गठित सदस्यताको क्षेत्र छ, जसमध्ये सम्पर्क विशेष समन्वय कमिटीमा ३ हजार ५ सय ३८, भारत प्रवासमा १ हजार १ सय ७७, युरोपमा २००, मध्यपूर्व एसियामा ९५, अमेरिकामा ८ सय ८२, दक्षिण पूर्व एसियामा २ सय ५६, अस्टे्रेलियामा ४६ र केन्द्रीय कार्यालयमा १०४ जना छन् ।
यस्तै ७५ जिल्लामध्ये एमालेको सबैभन्दा बढी सङ्गठित सदस्य रूपन्देहीमा ८ हजार ६ सय ५२ जना रहेको छ । राजधानी काठमाडौँ उपत्यकाको ठूलो जिल्ला भए पनि त्यसमा जिल्ला स्तरका अन्य क्षेत्रगत तीन वटा कमिटी छन् । पेसागत, मजदुर र विद्यार्थी विशेष जिल्ला कमिटी रहेकाले काठमाडौँ जिल्ला कमिटीमातहत भने ४ हजार २ सय ४३ जना सङ्गठित सदस्य छन् । त्यसमध्ये पेसागतमा ३ हजार ९ सय २३, मजदुर विशेषमा ७ सय २१ र विद्यार्थी विशेषमा ३ सय ३८ सदस्य रहेका छन् । यी तीन र काठमाडौँबाहेक लतिलपुर र भक्तपुर गरी ६ वटा जिल्ला कमिटीलाई उपत्यका विशेष समन्वय कमिटीले संयोजन गरेको छ, जसमध्ये ललितपुरमा १ हजार २२ र भक्तपुरमा १ हजार ८३ सङ्गठित सदस्य रहेका छन् ।
यस्तै, सङ्गठित सदस्यता वितरणको हिसाबले दोस्रो जिल्ला भने झापा हो । झापामा जम्मा ६ हजार ७ सय १ सदस्यता छन् । त्यस्तै, सदस्यताको हिसाबले तेस्रो जिल्ला मोरङ हो । जहाँ ५ हजार ४ सय १७ सदस्य रहेका छन् । सदस्यताको हिसाबले चौथो ठूलो जिल्ला कास्की हो, जहाँ ५ हजार १ सय ४३ सदस्य छन् । त्यस्तै, सदस्यताको हिसाबले पाँचौँ ठूलो जिल्ला इलाम हो, जहाँ ४ हजार ४ सय ९४ सदस्य छन् । सदस्यताको हिसाबले भूगोलको जिल्लामध्ये सबैभन्दा कम सदस्य रहेको जिल्ला मनाङ हो,  जहाँ ३२ जना सदस्य छन् भने त्यसभन्दा दोस्रो कम सदस्यता रहेको जिल्ला मुस्ताङमा १ सय ६१ जना सदस्य छन् ।
बुधबारबाट
तपाईको प्रतिक्रिया