Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौ- राजधानीको एक कलेजमा पढ्ने छात्राले झुण्डिएर आत्महत्या गरेकी छन् । काठमाडौं, बत्तिसपुतलीस्थित निम्स कलेजमा पढ्ने १८ वर्षीय समीक्षा गहतराजले होस्टल कोठाको पंखा झुण्ड्याउने सिलिङमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
महानगरीय प्रहरी प्रभाग, गौशालाका प्रहरी निरीक्षक अपिल बोहराले सिलिङमा सलको पासोमा झुण्डिएर आत्महत्या गरेको बताए ।
प्युठान, बिजुवाटार घर भएकी उनी तीन महिनादेखी होस्टलमा बसेर ‘एचए’ पढ्दै थिईन् । बुधबार दिउँसो साथीहरुसंग होली खेलेर गहतराज कोठामा फर्केकी थिईन् ।
उनीसँगै होस्टलको कोठामा बस्ने अर्की छात्रा भने होलीका लागि बिदामा घर गएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलमा ‘सुसाईड नोट’ समेत पाएको छ ।
तपाईको प्रतिक्रिया