Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
‘जर्मनीमा पर्यटन सम्वन्धि कार्यक्रम हुँदै छ’ भन्ने १ महिना पहिलानै मन्त्रालयमा थाहा थियो । पर्यटन सचिवज्यु एक पटक भाग पनि लिईसक्नु भएको हुनाले कार्यक्रमको बारेमा ब्रिफिङ्ग गरिरहनु भएको थियो ।  यसपटक मन्त्रीज्यूनै सम्मेलनमा जाँदा राम्रो होला भन्ने आग्रह अनुसार जाने योजना भएको हो । मैले ७ दिन पछि मात्र जाने निर्णय गरेको हुँ । कुनै पनि काम हतारमा गर्ने मेरो बानी छैन त्यसैले पछी कुनै अप्ठेरो नहोस भनेर नै सोचेर जाने निर्णय लिएको हो ।
कार्यक्रममा भाग लिन त जानु पर्यो । त्यहाँ प्रस्तुत गर्ने नोट तयार पार्न निर्देशन दिएँ । भ्रमणमा को को जाने, कति जनाको भ्रमण दल जाने, टिकट खर्च, कहिले आउने, कहिले जाने कार्यक्रम के के हो सबै मलाई देउ, के प्रस्तुत गर्नु पर्ने हो सबै कुरा देउ । उनिहरुले सानो नोट बनाएर दिए । उनिहरुले तयार पारेको नोटलाई तिन पटक हेरी म आफैले यो यो ठाउँमा यो यो चेन्ज गर्नु पर्दछ भनी निर्देशन दिएँ, त्यहि अनुरुप भयो ।  सम्मेलन हुने १५ दिन पहिला सचिवज्युलाई पासपोर्ट, भिषा, टिक व्यवस्था गर्नकोलागि निर्देशन दिए । सातौ पटक सम्म मैले के हुँदैछ भनेर सोधि राखेको थिएँ । काम हुँदैछ मन्त्रीज्यू भन्दै सचिव, स्वकीय सचिवले जवाफ दिए ।
म त ढुक्क भए, कार्यक्रममा, मिटिङ्गमा कुदी रहनु पर्ने, मसंग त समय थिएन । पुर्व पश्चिम दौडिरहनु पर्ने । प्राय जसो सचिव ज्यूले भाग लिने भएको हुनाले यस पकट मन्त्रीज्यूलेनै भाग लिने निर्णय भएको थियो । पहिला सचिव र म आउने कुरा थियो । मन्त्रालयमा मन्त्री र सचिव दुवै जना बाहिर हुन नहुने सरकारको निती अनुसार म र श्रीमती गरी दुई जना जर्मनीको पर्यटन कार्यक्रममा भाग लिन निस्केका हौ । भ्रमण जाने दिन भन्दा १ दिन पहिला पनि सचिव ज्यूलाई राम्रोसंग चेक गर्नुहोस् पछि कुनै अप्ठेरो नहोस् भनेर सोधेको पनि हो ।
यता आउने दिनमा १ घण्टा पहिल्यै एयरपोर्टमा टिकट, पासपोर्ट लगेज चेक गराऔं । मन्त्री जाने गेटबाट होईन, च्यानल गेटबाट सबै कुरा चेक गर भने । मैले मेरै गाडीमा राखेर स्वकिय सचिवलाई पठाए । सचिव पनि त्यही आएका थिए । एयरपोर्टका जिएम पनि त्यहि आएका रहेछन् हेर है सबै ठिक छ या छैन भने । एयरपोर्ट पुग्दा सचिवज्यूले दुई वटा फाईल ल्याउनु भाको थियो, सदर गरे । प्लेन छुट्टनै लागेको थियो हतार हतार पासपोर्ट टिकट लिई भित्र आयौं । अध्यागमन विभागमा नो कमेन्ट, ईथियाद प्लेनमा नो कमेन्ट, लाग्यो सबै ठिक छ, सोध्ने हेर्ने केही कुरा नै भएन । १ घण्टा पहिला चेक गर्न पठाईसकेपछि सोध्ने कुरा पनि भएन विस्वासमा परियो ।
मार्च ५, २०१२ करिव राती ८:२० मा अबुधावीमा प्लेन ल्याण्डिङ्ग भयो । त्यहाबाट जर्मनीको बर्लिनजान भोलिपल्ट विहान २ बजे मात्र फ्लाईट हुने जानकारी आयो । अब के गर्ने यो समय भनेर हामी नजिकै रहेको यात्री प्रतिक्षालयमा बस्यौं । दुवै जना सुत्नु भएन । म यसो पल्टीन्छु, रातको १२ बजे उठाउनु श्रीमतीलाई भन्याथे । मलाई अलि सञ्चो पनि थिएन, खोकी लाईराखेको थियो । रातको १२ बजे उठाईन्, बर्लिन जानकोलागि लामो लाईन थियो । हामी किन अगाडी जाने पछाडीनै बसौ न भनी पछाडी लाईनमा बस्यौ । भारतिय नागरिकले लाईनमा लगजाऔ भन्दै थियो, हामी भन्दा पछाडी दुई जना थिए ।
मेरो पासपोर्टमा भिषा चेक गर्न थाल्यो, तिन पटक वल्टाई पल्टाई गर्दा समेत भिषा फेला परेन । तर श्रीमतीकोमा भने भिषा थियो, एक जना भारतिय नागरिकले आपका भिषा नै हे, आप बर्लिन जानैसक्ताये । खिस्रिकक परियो, अब के गर्ने, दोधारमा परियो हामीसंग अरु कोहि थिएनन् । अब नेपालमा फोन गर्नु प्यो भनी डु कार्ड खोजे दिएन, खै किन हो दिएन । दुई जना नेपाली भाइहरु एयरपोर्ट भित्रै भेट भयो । उनिहरुलाई पनि सल्लाह लिए के गर्ने होला भनेर एक जनाले भने सर फर्कनै ठिक होला, अर्का एक जनाले भन सुन गर्दा हुन्छ की भन्ने सल्लाह दिए तर त्यतिबेला सम्म म नेपालको मन्त्रीहो भनेर चिनिएको थिईन ।
लौ अब ठिकै छ, नेपाल फर्कनै पर्यो भनी अबुधावी टु फ्याङ्कफोर्टको टिकटलाई अबुधावी टु काठमाण्डौ टिकट बनायौं । एउटा चिट दिदो रहेछ त्यो चिट लिएर नेपाली भाइले हामीलाई नै ट्रान्जीट होटलमा लिएर गए । खान पनि छैन, पानी पनि छैन हालत खराव बनायो । विहान भयो अब भने यो कुरा नेपालमा थाहा भयो । यहाँबाट केही न केही कुरा नेपालमा गयो । किनकी जर्मनमा प्लेन अवतरण गर्ने समय भयो । त्यहाँ मेरो उपस्थित नभएपछि अवश्य नेपालमा खवर भयो । नेपाल फर्कने समय दिउसको १ बजे रहेछ । १० बजे बुढा बुढी निस्किऔं । सोध्दै खोज्दै केही खाईयो। त्यसपछि फेरी ट्रान्जिट होटलमानै बस्यौं । काठमाण्डौ जाने सामान चेक अप गर्ने तिर लाग्न थाल्यौ ।
साढे ११, वा पौने बार बजे तिर ट्रान्जीट होटलमा दूतावासबाट दिपक जी सोध्दै खोज्दै पुग्नु भयो । उहाँले मन्त्री ज्यू जस्तो लाग्छ भनी सोध्नु भयो अनी बल्ल म मन्त्रीनै हो भनेर भने । अलमलमा परें देशको प्रतिष्ठाको कुरा छ,  दिपक जी केही गर्न सक्नु हुन्छ भने गर्नुहोस् । जे त होला भए जाने नभए काठमाण्डौ फर्कने भनी पहिला लकेज निकाल, अनि टिकट बदल त्यसपछि भिसाको प्रोसेस गरौं भन्ने लाग्यो । त्यपछि म उहि होटलमा गए त्यतिनै बेला प्रराष्ट्रमन्त्रीज्यूले फोन गर्नु भयो । तपाईको यसो यसो भएछ  चिन्ता नमान्नुहोस तपाई जसरी भए पनि बर्लिन पुग्नुहोस् यहाँ भन्नु पर्ने काम म भन्ने छु । मन्त्रालयमा सचिवज्यूलाई फोन गरेर ईस्ट्रिक्ली प्रराष्ट्र मन्त्रालयमा जाऔ के के गर्नु पर्दछ गर । दिपक जीलाई निर्देशन दिए कसरी हुन्छ मिलाउनुहोस् ।
ट्रान्जिट भिषा नभएको हुनाले दूतावासमा पुग्न पनि गाह्रो भयो । दिपकजीले यहाँको प्रशासनमा सम्पर्क गरी ९६ घण्टाको ट्रान्जिट भिषाको ब्यवस्था गरिदिनु भयो । नेपालबाट आउदाखेरीनै अलि सन्चो थिएन, अहिले पनि खोकी लाई राको छ । दिपकजीले सिधै यहाँको एनएमसी भन्ने अस्पतालमा लगेर जानु भयो अहिले अलि ठिक भाको छ, औषधी खाँदै छु । मार्च ६ मा ढिलो मात्र दिपक जीसंग भेट भाको हुनाले भिषाको प्रोसेस हुन सकेन । त्यसैले आज राती अर्थात मार्च ८ को विहानको २ बजे फ्रर्याङ्कर्फटकोलागि उडान छ, त्यहाँबाट बर्लिनकोलागि । कार्यक्रम आजैबाट सुरु भईसक्यो । समापनमा मात्र भए पनि उपस्थित भएर फर्कने सोच छ । तर जुन उद्देश्य लिएर जान लागेको हो त्यो भने पुरा हुने भएन । भिषा नलगाउनुमा कस्को गल्ति छ त छानविन टोली गठन गर्न सचिवलाइ लगाएको छु, यसमा कस्को गल्ति हो  पत्ता लाग्ने छ । जस्ले गल्ती गरेको हो त्यो सजायको भागेदारी हुने छ चाहे म बाटै गल्ती किन नहोस् । सचिव, स्वकिय सचिव, अध्यागमन विभाग जस्को गल्ती देखिएपनि कार्वाहि हुने छ । यतिकै छोड्दा पछि अर्को घट्दा दोहोरीन सक्छ ।
जहा“सम्म मिडियामा आएको कुराहरु सबै नेगेटिभ हुन् । नेपालका मिडियाहरु पहिला नेगेटिभ अनी पोजेटीभ हुन खोज्छन्, त्यो कुरा ठिक होईन । धेरै कुरा पोजेटीभ समेट्ने थोरै नेगेटिभ समेट्ने हो भने ठिक हुन्छ । मिडियामा आएको खवरहरु केही पनि होईन ।  भ्रमण दलमा २२ जना होइन हामी दुई जना मात्र छौ, अबुधावी प्रहरी वा अध्यागमन विभागले समातेको पनि होईन । भिसानै नभएको कारण रोकिएको मात्र हो ।
(जर्मनीमा आयोजित पर्यटन सम्वन्धित कार्यक्रममा भाग लिन जाने क्रममा यूएईको अबुधावीमा रोकिएका मन्त्री लोकेन्द्र विष्टलाई जर्मनी उड्नु अघि वुधवार बेलुका युएईँस्थित एक प्रतिनिधी मण्डलले भेट गरेको थियो । प्रतिनिधी मण्डलमा जन प्रगतशिल मञ्च यूएईका भुपु अध्यक्ष, सल्लाहकार दुर्गादत्त पोख्रेल, सल्लाहकार पिताम्वर पोख्रेल, महासचिव श्याम परियार र अबुधावीमै कार्यरत खेमनाथ पौडेल थिए । प्रतिनिधी मण्डलसंग मन्त्रीले आफु रोकिनु परेको बारे गरेको कुराकानीमा आधारित भएर पौडेलको प्रस्तुती ।) 
तपाईको प्रतिक्रिया