Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- एएफसी च्यालेन्ज कप २०१२ अन्तर्गत भएको उदघाटन खेल हेर्न बिहीबारका महत्त्वपूर्ण बैठक स्थगित भए । प्रधानमन्त्री बाबुराम भट्टराई, सभामुख सुवासचन्द्र नेम्वाङसहित सवै भीआईपीहरु दशरग रंगशालामा थिए ।
सर्वप्रथम त बिहीबार बस्ने भनिएको तीन दलको बैठक पनि बस्न सकेन । शान्ति प्रक्रिया र संविधान निर्माणमा सहमति जुटाउने विषयमा बैठकले निस्कर्ष निकल्ने विश्वास गरिएपनि तयारी नपुगेको भन्दै बैठक नै स्थागित गरिएको हो ।
माओवादीका स्थायी समिति सदस्य देव गुरुङले दलहरुको आन्तरिक तयारी नपुगेका कारण बैठक स्थगित भएको बताए । उनका अनुसार फुटबल पनि बैठक रोकिनुको कारण थियो ।
यसैगरी लडाकुबाट वाइसीएल बनेकाहरूलाई प्याकेज दिने विषयमा टुंगो लगाउन आज बस्ने भनिएको संयुक्त बैठक स्थगित भएको छ। पार्टी हेडक्वार्टर, लडाकुका कमाण्डर, वाइसीएल प्रतिनिधिसहित बैठक बसेर लडाकु वाइसीएललाइ दिने प्याकेज टुंगो लगाउने तयारी भएको थियो। लडाकुबाट वाइसीएल बनेकाको तथ्याङ्क संकलन गर्ने तयारी भएको उनले बताए।
लडाकु वाइसीएलले आन्दोलन गरेपछि त्यसको समाधान गर्न स्थायी समिति सदस्य नेत्रविक्रम चन्द र पोलिटव्युरो सदस्य जनार्दन शर्मालाइ प्याकेज बनाउन पदाधिकारी बैठकले जिम्मा दिएको थियो।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कङ्ग्रेस सभापति सुशील कोइराला, विपक्षी दलका नेता रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाल, केपी ओली, वामदेव गौतम, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सुवास नेम्वाङ, राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि रंगशालाको भीआइपी दीर्घामा थिए ।
तस्बिर सौजन्यः गोलनेपाल डट कम
तपाईको प्रतिक्रिया