Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ । कोइराला निवास महाराजगन्जमा भएको भेटवार्तामा शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा छलफल भएको माओवादी अध्यक्ष दाहालले जानकारी दिए ।
बिहीबार छलफलमा सेना समायोजनका विवादित विषयहरुमा सहमति नजिक पुगिएको उनले दावी गरेका छन् ।
एमालेसहित तीनदलको बैठक बसेर थप छलफल गर्ने सहमति भएको समेत अध्यक्ष दाहालले जानकारी दिए । काँग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकमा सेना समायोजनपछि बन्ने नयाँ निर्देशनालयमा लडाकुको प्रतिनिधित्व हुनुपर्ने माग अध्यक्ष दाहालले राखेको बताए ।
आफूहरुले सेना समायोजन प्रक्रिया सहज ढङ्गले अगाडि बढाउन र समानताको आधारमा समायोजन हुनुपर्ने प्रस्ताव बैठकमा राखेको उनले उल्लेख गरे ।
समायोजनको प्रक्रियामा दलहरुले अनावश्यक हस्तक्षेप नगरी नेपाली सेनालाई नै सो विषयको जिम्मा दिनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उपसभापति पौडेलले बताएको राससले जनाएको छ ।
भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहाल र काँग्रेसका तर्फबाट सभापति कोइराला, उपसभापति पौडेल र नेता डा रामशरण महत उपस्थित थिए ।
तपाईको प्रतिक्रिया