Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

Xof/L nlntk'/df a]nfotL /fhs'df/ x]g/L rfN;{ cNa6{ 8]le8 …Xof/LÚ cfOtaf/ nlntk'/df j}zfvsf] e"sDkn] Iflt k'¥ofPsf] ;a}eGbf k'/fgf] / P]ltxfl;s dlGb/ lx/0oj0f{ dxfljxf/-Sjfjxf_sf] e|d0f ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf6f, /f;;

ललितपुर – कहिले ल्यापटप त कहिले बन्दुक अनि कहिले हेलिकप्टर उडाउनमा समय दिँदै आउनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड आज काष्ठकलामा प्रयोग हुने नेपाली परम्परागत औजारमा रमाउनुभयो ।

काष्ठकला निर्माणमा मुख्य रुपमा प्रयोग हुने औजार समाउँदै ३२ वर्षीय परोपकारी ह्यारीले भन्नुभयो, “तस्बिरमा तपाईंहरुको सुन्दर हातले तयार गरेका उत्कृष्ट कला हेरेर म औधि रमाउँथे, यसको प्रशंसा गर्थेँ, आज तपाईंहरुसित प्रत्यक्ष भेट गर्दा खुसीको कुनै सीमा नै छैन ।” गत वैशाख महिनामा नेपालमा गएको भूकम्पले क्षति पुर्‍याएको विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन स्मारक क्षेत्रको आज अवलोकनका क्रममा ह्यारीले पुनःनिर्माणमा जुटेका कालीगढसित त्यसबारे जानकारी लिनुभयो । राजकुमार ह्यारीले सो क्षेत्रमा झन्डै पौने दुई घन्टा बिताउनुभयो ।

राजकुमार ह्यारीले भत्किएका संरचनाका ऐतिहासिक पक्षको अभिरुचिपूर्वक जानकारी लिनुभएको थियो । भत्किएका संरचनालाई देखेर राजकुमार भावुक र चिन्तित देखिनुहुन्थ्यो । अब यी संरचना कसरी तयार गर्दै हुनुहुन्छ भनेर राजकुमार ह्यारीले कालीगढसित प्रश्न समेत गर्नुभएको थियो । भण्डारखाल बगैँचाका वरिपरि काम गरिरहेका कालीगढसित भलाकुसारी गर्ने क्रममा ह्यारीले सो जिज्ञासा राख्नुभएको थियो ।

hyari..

उहाँले भूकम्पले क्षति पुर्‍याएका क्रमशः मूलचोक, सुन्दरीचोक र भण्डारखाल बगैँचा क्षेत्रको अवलोकन गर्नुभएको थियो । सो परिसरमा १९ स्मारक छन् । यसै स्मारक क्षेत्रलाई समेटी युनेस्कोले सन् १९७९ मा विश्वसम्पदा सूचीमा राखेको थियो । राजकुमार ह्यारीका पिता चाल्र्सले पनि विसं २०३९ मा नेपाल भ्रमण गर्दा सो स्मारक क्षेत्रको भ्रमण गर्नुभएको थियो । राजकुमार ह्यारीले सो क्षेत्रमा उपस्थित स्थानीय बासिन्दालाई अभिवादन समेत गर्नुभएको थियो । ‘हाई ह्यारी’ भन्दै हात मिलाउन अगाडि बढेका स्थानीय युवासित हात मिलाउन समेत राजकुमारले भ्याउनुभएको थियो । स्थानीय बूढापाकाले भने ह्यारीलाई नेपाली टोपी उपहार दिएका थिए ।

खुलेर कुराकानी गर्न रुचाउने ह्यारीले सो क्षेत्रमा आएका विदेशी पर्यटकसित भलाकुसारी समेत गर्नुभएको थियो । आफ्नो देश बेलायतमा भेट गर्न नपाएका ह्यारीसित नेपालमा हात मिलाउन पाएकामा डेभिडका परिवार औधि खुसी देखिन्थे । उनीहरु आज नै सो क्षेत्रमा घुम्न निस्केका थिए । पर्यटकले ‘प्रिन्स ह्यारी, आइएम फ्रम युके’ भनेपछि राजकुमार ह्यारीले करिब दुई मिनेट उनीहरुसित कुराकानी गर्नुभएको थियो ।

अपराह्न १२ः३० बजे सो क्षेत्रमा ह्यारी पुग्नु हुँदा नेवारी वेशभूषामा सजिएका पञ्चकन्याले स्वागत गरेका थिए । राजकुमार ह्यारीले आजै ललितपुरको हिरण्यवर्ण महाविहार (क्वावहा) गई त्यसका बारेमा जानकारी लिनुभयो ।

Xof/L kf6gdf a]nfotL /fhs'df/ x]g/L rfN;{ cNa6{ 8]le8 …Xof/LÚ cfOtaf/ ljZj;Dkbf ;"rLdf ;"rLs[t P]ltxfl;s kf6g :df/s If]qsf] cjnf]sgsf qmddf k'Ug' x'Fbf g]jf/L j]ze"iffdf ;lhPsf k~rsGofn] :jfut ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

Xof/L kf6gdf ut j}zfv dlxgfdf g]kfndf uPsf] e"sDkn] Iflt k'¥ofPsf] ljZj;Dkbf ;"rLdf ;"rLs[t P]ltxfl;s kf6g :df/s If]qsf] cfOtaf/ cjnf]sg ug'{x'Fb}  a]nfotL /fhs'df/ x]g/L rfN;{ cNa6{ 8]le8 …Xof/LÚ . tl:a/ M k|bLk/fh jGt, /f;;

Xof/L nlntk'/df a]nfotL /fhs'df/ x]g/L rfN;{ cNa6{ 8]le8 …Xof/LÚ cfOtaf/ nlntk'/df j}zfvsf] e"sDkn] Iflt k'¥ofPsf] ;a}eGbf k'/fgf] / P]ltxfl;s dlGb/ lx/0oj0f{ dxfljxf/-Sjfjxf_ uO{ To;sf af/]df hfgsf/L lng'x'Fb} . tl:a/ M /f]zg ;fksf6f, /f;;

Xof/L kf6gdf ut j}zfv dlxgfdf g]kfndf uPsf] e"sDkn] Iflt k'¥ofPsf] ljZj;Dkbf ;"rLdf ;"rLs[t P]ltxfl;s kf6g :df/s If]qsf] cfOtaf/ cjnf]sg ug'{x'Fb}  a]nfotL /fhs'df/ x]g/L rfN;{ cNa6{ 8]le8 …Xof/LÚ . tl:a/ M k|bLk/fh jGt, /f;;

Xof/L nlntk'/df a]nfotL /fhs'df/ x]g/L rfN;{ cNa6{ 8]le8 …Xof/LÚ cfOtaf/ nlntk'/df j}zfvsf] e"sDkn] Iflt k'¥ofPsf] ;a}eGbf k'/fgf] / P]ltxfl;s dlGb/ lx/0oj0f{ dxfljxf/-Sjfjxf_sf] e|d0fsf qmddf :yfgLojf;L;Fu clejfbg  ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf6f, /f;;

Xof/L nlntk'/df a]nfotL /fhs'df/ x]g/L rfN;{ cNa6{ 8]le8 …Xof/LÚ cfOtaf/ nlntk'/df j}zfvsf] e"sDkn] Iflt k'¥ofPsf] ;a}eGbf k'/fgf] / P]ltxfl;s dlGb/ lx/0oj0f{ dxfljxf/-Sjfjxf_sf] e|d0f ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf6f, /f;;

 

तपाईको प्रतिक्रिया