Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – फागुपूर्णिमा अर्थात होली पर्व मनाउने क्रममा राजधानी काठमाडौँको पेप्सीकोलामा एक युवती र हात्तिगौंडामा एक बालकको पानी छ्याप्ने क्रममा छतबाट खसेर मृत्यु भएको छ । एक जना सिकिस्त घाइते छन् ।

पेप्सीकोलामा एकआपसमा रङ छ्याप्ने क्रममा तीनतले घरको छतबाट खसेर १७ वर्षीया सिम्रन कार्कीको मत्यु भएको हो ।

घरको छतबाट खसेर सिकिस्त भएकी उनलाई ग्वार्कोस्थित बि एण्ड बी अस्पतालमा उपचारका लागि पुरयाइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसैगरी, काठमाडौँको हात्तीगौँडामा होली खेल्ने क्रममा घरको छतबाट खसेर आठ वर्षीय बालक डोनिक श्रेष्ठको मृत्यु भएको छ ।

सर्वोच्च अदालतअगाडि मादक पदार्थ खाएर बा ४६ प ९९०६ नम्बरको मोटरसाइकलमा सवार नाम नखुलेका एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

फागु पर्व मनाउने क्रममा हुने विभिन्न उच्छृङ्खल गतिविधि हुन नदिन र होलीलाई स्वच्छ तथा मनोरञ्जन बनाउने उद्देश्यले प्रहरीले उपत्यकामा कडा सुरक्षा जाँच गरेको थियो ।

जबर्जस्ती लोला हान्ने र इच्छाविपरित रङ दल्नेविरुद्ध सार्वजनिक मुद्दा चलाइने प्रहरीले जनाएको छ । सहमतिविना रङ छ्याप्नेलाई कारबाही गर्ने, ट्राफिक नियम पालन नगरी सवारी चलाउने तथा मादक पदार्थ खाएर सवारी साधन चलाउने करिब एकहजार १६४ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले गत बर्षको तुलनामा यसवर्ष फागु पर्वका अवसरमा हुने सवारी दुर्घटनामा कमी आएको दाबी पनि गरेको छ । **

तपाईको प्रतिक्रिया