Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
ताप्लेजुङ- कान्छी श्रीमतीलाई मरणासन्न हुने गरी कुटेर ताप्लेजुङका एक प्रहरी फरार भएका छन् ।
गत फागुन १९ गते श्रीमती रिता दाहाललाई कुटपिट गरी ताप्लेजुङको खेवाङ प्रहरी चौकीमा कार्यरत थिरप्रसाद घिमिरे फरार भएका हुन् । कुटपिट पछि घाइते भएकी रिताको हाल जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । मोरङको गोठगाँउ घर भएका थिरप्रसाद जागिरको शिलशिलामा ताप्लेजुङ आइ जिल्लाको खेवाङ ४ निवासी  रिता सँग विवाह वन्धनमा वाँधिएका हुन् ।
घरमा श्रीमती र दुई छोराछोरी समेत भएका थिरप्रसादले आफुलाई ढाँटेर गत भदौमा प्रेम विवाह गरेको अस्पतालमा उपचार गराइरहेकी रिताले वताउनुभयो । विवाह भए देखी नै उनकी जेठी श्रीमती विमलाले पटक पटक आफुलाई ज्यान मार्ने धम्की दिंदै आएको र श्रीमान थिरप्रसादले पनि वारम्वार आफु माथी कुटपिट गर्ने गरेको पनि  रिताले वताउनुभयो ।
ताप्लेजुङका प्रहरी निरिक्षक लोकदर्शन थापाले श्रीमती कुटेर फरार भएका थिरप्रसादको खोजी भइरहेको वताउनुभयो ।  पिडितको उजुरीको आधारमा उनी माथी कारवाही चलाइने  र फरार रहेका कारण उनी माथी थप विभागिय कारवाही समेत हुने पनि प्रहरी निरक्षिक थापाले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया