Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
विराटनगर- नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले यो महिना भित्र शान्ति प्रक्यारि नटुंगिए चैत्र महिनामा सरकार परिवर्तन हुने बताउनुभएको छ ।
प्रेस युनियन मोरङले आज कोइराला निवास विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहांले वर्तमान सरकारले यो महिना भित्र शान्ति प्रक्रिया पुरा गर्न नसके चैत्र महिनामा नयां सरकार निर्माण हुने बताउनु भएको हो ।
सभापति कोइरालाले दुई दुई पटक माओवादी र एमालेले सरकार निर्माण भइसक्दा पनि केहि हुन नसकेकोले शान्ति प्रक्रियाको अगुवाई गरेको नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान निर्माण गर्ने नयां सरकार निर्माण हुने बताउनुभएको छ ।
तर नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान निर्माण गर्ने नयां सरकार निर्माण भए पनि आफुले नेतृत्व नगर्ने समेत उहांले स्पष्ट पार्नुभयो ।
माओवादीले पटक पटक वाधा अवरोध गरेका कारण शान्ति र संविधान निर्माणले गति लिन नसकेको आरोप लगाउंदै कोइरालाले निर्धारित समयमा शान्ति र संविधान निर्माण गरिसक्नुको विकल्प माओवादीसंग नभएकोले उनीहरु गम्भिर बन्नुपर्ने बताउनुभयो ।
उहांले माओवादीले हाउजिंङ, हाइड्रो , होटलमा लगानी गरिसकेकोले उनिहरु जंगल नजाने ठोकुवा गर्दै माओवादीलाई पनि आफ्नो लगानी सुरक्षित राख्न शान्ति चाहिएकोले पहिलो प्राथमिकता शान्ति प्रक्रिया टुंगो लगाउनुपर्ने बताउनुभयो । ***
तपाईको प्रतिक्रिया