Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
दोहा- विना भिसा जर्मनीका लागि उडेर संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आवुधावीमा रोकिएका पर्यटनमन्त्री लोकेन्द्र बिष्टको भिसा प्रक्रिया शुरु गरिएको छ ।
सोमबार राती श्रीमतीसहित जर्मनीका लागि उडेका मन्त्री बिष्टाको राहदानीमा भिसा नभएपछि युएई प्रहरीले रोकेको थियो । काठमाडौंबाट इतिहाड एयरवेजमा  अबुधाबी हुँदै जर्मनी जान लागेका मन्त्री पत्नीको राहदानीमा भने भिसा रहेको छ ।
अबुधावीस्थित नेपाली दूतावास युएईका कार्यबाहक राजदूत दीपक अधिकारीले मन्त्री पत्नीको राहदानीमा भिसा लागेको तर मन्त्रीको छुट्न गएकोले अध्यागमनमा रोकिएको उल्लेख गरे । हाल मन्त्री दम्पती एयरपोर्ट ट्रान्जिट होटलमा रहेका छन् ।
अधिकारीले मन्त्री बिष्टको जर्मनीको लागि भिसा प्रक्रिया थालनी गरिसकिएको समेत उल्लेख गरे । ‘भिसा भएपछि उहाँ जर्मनीतर्फ जानुहुने छ’ उनले भने ।
तपाईको प्रतिक्रिया