Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
jnकाठमाडौं- राजधानीमा जारी नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आज सकिँदैछ । आइतबारदेखि सुरु भएको बैठकमा सोमबारदेखि बन्दसत्र चलिरहेको छ ।
बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले पार्टीको राजनीतिक, सांगठनिकलगायतका प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि हिजोदेखि नै छलफल सुरु भईसकेको छ ।
प्रतिवेदनमाथि आज केही सदस्यहरुले धारण राखेपछि त्यसमा उठेका जिज्ञासाको जवाफ दिने कार्यक्रम छ । छलफलबाट शान्ति, संविधान, पार्टीको भावी रणनीतिलगायतका विषयमा निष्कर्ष निकाल्ने तयारी एमालेले गरेको छ ।
स्रोतका अनुसार एमालेले शान्ति र संविधानलाई संस्थागत गर्दै सहमतिको आधारमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने निष्कर्ष निकाल्ने तयारी एमालेको छ । वर्तमान सरकार शान्ति र संविधानविरोधी भएको भन्दै एमालेले सरकारको औचित्य समाप्त भएको र हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने निर्णयमा पुग्दै एमालेको प्रतिनिधि परिषद बैठक सकिने बताइएको छ ।
तपाईको प्रतिक्रिया