Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारी सरुवासम्बन्धी निर्णय विवादमा परेपछि सामान्य प्रशासनमन्त्री रामकुमार यादव पछिल्लो एक महिनामा जम्मा दुईचोटि मन्त्रालय गएका छन् ।
सरुवासम्बन्धी निर्णय विवादमा परेपछि उनी मन्त्रालय जान छाडेका हुन् । घरबाटै मन्त्रालयका कर्मचारीलाई फोन गरेर आवश्यक निर्देशन दिने गरेका छन् उनले । मन्त्रालय स्रोतका अनुसार कहिले मन्त्रीको हस्ताक्षर गराउन सामान्यका सचिव फाइल बोकेर घरमै धाउँछन् भने कहिले मन्त्रीले सहयोगीहरूलाई मन्त्रालय पठाउँछन् ।
‘हामीले मन्त्रीको अनुहार नदेखेको एक महिनाभन्दा बढी भयो,’ मन्त्रालयका एक उपसचिवले भने, ‘बेला-बेलामा फलानो-फलानो कर्मचारीको फाइल तयार गरेर मेरो निवासमा पठाउनूस् भन्दै निर्देशन दिनुहुन्छ । त्यही अनुसार फाइल तयार गर्छौ । मन्त्रीज्यूका सहयोगीहरू आएर फाइल लैजान्छन् ।’
मासिक ४० हजार रुपियाँ भाडा तिरेर कोपुन्डोलमा बस्दै आएका मन्त्री यादवले घरमै बसेर मन्त्रालयको दैनिक काम गर्दै आएको ‘सगर्व’ स्विकारे । ‘मन्त्रालयमा केही भ्रष्ट कर्मचारी छन्, तिनीहरूको मुख हेर्न किन जाने ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीले पनि कतिपय काम आफ्नो निवासमा बसेर गर्नुभएको छ, उहाँले गर्दा हुन्छ भने, मैले किन नहुने रु’
एउटा मन्त्रीले आफ्नो सुविधाअनुसार काम गर्न सक्ने उनको भनाइ छ । ओछ्यानमा लमतन्न पल्टिएका यादवले भने, ‘म अरूजस्तो होइन, एकदम पारदर्शी काम गर्छु, त्यो जहाँ बसेर गरे पनि फरक पर्दैन ।’
तपाईको प्रतिक्रिया