Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– ०६२/६३ को आन्दोलनपछि उठेको मधेस आन्दोलनको आकर्षणमा परेर नेपाली कांग्रेसको राजनीति छोडी मधेसी जनअधिकार फोरम नामको पार्टी निर्माण गरेका विजयकुमार गच्छदार नेपाली कांग्रेसमै फर्काउन कांग्रेस नेताहरु लागेका छन् ।
फोरमबाट विभाजित भई फोरम (लोकतान्त्रिक) निर्माण गरेर त्यसैका तर्पmबाट हाल उपप्रधान तथा गृहमन्त्री रहेका गच्छदारलाई नेपाली कांग्रेसले ससम्मान भित्र्याउने कसरत गरेको सूत्रले जनाएको छ ।
कांग्रेस र एमालेले मधेसी फोरम जन्मिएपछि तराई क्षेत्रबाट आ–आफ्नो वर्चस्व गुमाएका छन् । तत्कालीन नेकपा माओवादीले नेकपा (एकताकेन्द्र)सित एकीकरण गरेपछि भने शक्तिशाली बन्न पुगेको परिप्रेक्ष्यमा उसलाई उछिन्ने ध्याउन्नमा लागेका कांग्रेस र एमाले पार्टीले आ–आफ्ना पुराना नेता, कार्यकर्ताहरूलाई फर्काउने अभियान थालेका छन् ।
स्रोतका अनुसार मंगलबारदेखि इटहरीमा सुरु हुने कांग्रेसको मधेस मिसनले यसबारे औपचारिक धारणा तय गर्ने छ ।
तपाईको प्रतिक्रिया