Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रवासबारे पनि उल्लेख गरेका छन् । राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमा सोमबार प्रस्तुत प्रतिवेदनमा खनालले लेखेका छन्–
प्रवासमा पार्टीकाम :- अहिले जिविकाको खोजीमा विदेसिने क्रम बढ्दो छ । ठूलो संख्या युवा जनशक्ति कामको खोजीमा बाहिरिएको छ । हामीले भारत प्रवासमा निकै लामो समयदेखि नै प्रवासी नेपालीहरुको बीचमा पार्टी काम गर्दै आएका थियौ । पछिल्लो समयमा निकै ठूलो संख्यामा नेपालीहरु श्रमिकका रुपमा विभिन्न मुलुकमा पुगेको अवस्था छ । यसरी प्रवासको पार्टी काम कमजोर हँुदा त्यसको प्रत्यक्ष असर मुलुकको राजनीतिमा देखिने अवस्था छ । विगतमा हामीले प्रवासको काम मुख्यतः सम्बन्धित मुलुकमा काम गर्न जाने नेपालीहरुसँग पार्टीको सम्पर्कलाई जिवित राख्ने हिसाबले गर्दै आएका थियौ । अब त्यसलाई नयाँ ढंगले व्यवस्थित र प्रभावकारी बनाउनु पर्दछ । विभिन्न मुलुकमा काम गर्न जाने नेपालीहरुको सङ्ख्या, उनीहरुको क्षमता र कामका क्षेत्रहरुको अवस्था हेर्दा अब उनीहरुमार्फत् ती मुलुकहरुका सञ्चारमाध्यम, स्थानीय सरकार, त्यहाँका नागरिक समाज, विश्वविद्यालय, विभिन्न विषयका महत्वपूर्ण व्यक्तित्वहरुसँग नेपाल राष्ट्र, नेपाली जनता र हाम्रो पार्टीको सम्पर्क विस्तार गर्ने कुरामा समेत ध्यान दिनुपर्छ । त्यहाको कामका आधारमा मुलुकभित्रको पार्टीकामलाई समेत योगदान पुग्ने अवस्था सिर्जना गर्नुपर्दछ ।
तपाईको प्रतिक्रिया