Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
विराटनगर- कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पूर्व राजा ज्ञानेन्द्र र उनका छोरा पारस शाह ‘अपराधिक क्रियाकलाप’मा संग्लन रहेको आरोप लगाएकी छन् । पारससँग ज्वाइँ रुबेल चौधरीको झगडा भएको सम्झँदै उनले पूर्व राजपरिवार सदस्यलाई दिँइदै आएको सुरक्षा फिर्ता गर्नुपर्ने माग गरिन् ।
काठमाडौंको बबरमहलमा भएको बम बिष्फोटनको घटनामा पूर्व राजाबादी सहयोग रहेकोमा आफूलाई कुनै आश्चर्य नलागेको उनको भनाइ थियो । ‘मेरो ज्वाँई(रुवेल चौधरी)को कञ्चटमा बन्दुक तेर्साउनेहरुले बबरमहलमा बम पड्काए सुन्दा मलाई आश्चर्य लागेको छैन’-विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरुसँग कांग्रेस नेतृले भनिन्-‘प्रजातन्त्र समाप्त पार्न पूर्व राजावादीहरु सक्रिय छन् ।’
उनले बबरमहल बम बिष्फोटनको घटनामा पूर्व राजाबादीको संलग्नता भए छानविन गरी कारवाही गर्नुपर्ने बताइन् । ‘पूर्व राजा ज्ञानेन्द्र वा पारस जसको हात रहे पनि कार्वाही हुनुपर्छ’-उनले भनिन,‘नत्र प्रजातन्त्र समाप्त हुन्छ, हामी चुप लागेर बस्नु हुँदैन ।’
सुजाताले पूर्व राजावादीहरुको अपराधिक गतिविधि र अभिव्यक्तिका विरोधमा कांग्रेसका अन्य नेताहरुलाई बोल्न समेत आग्रह गरिन । ‘कांग्रेसका नेताहरु हुन भने बोल्नुपर्छ’-उनले भनिन,‘पूर्व राजाको गतिविधिका बारेमा बोलेर जनताको नेता बन्नुपर्छ ।’
उनले आफ्ना ज्वाइँ रुवेललाई पारसले बन्दुक तेर्साएको होटल टाइगर टप्स समेत बन्द गर्न वन मन्त्रालयसँग माग गरिन । ‘त्यो होटल होइन, अपराधको अखाडा हो’-सुजाताले भनिन,‘त्यहाँ हत्या र तस्करी मात्र हुन्छ ।’ सुजाताले पूर्व राजा ज्ञानेन्द्र र पारस शाहको दैनिकी सरकारले निगरानी गर्नुपर्ने सुझाव दिइन ।
‘त्यो को हो (हु इज ही)? ज्ञानेन्द्र र पारसले मेरा ज्वाँईमाथि खुलेआम आक्रमण गरेका हुन्’-सुजाताले भनिन्,‘प्रधानमन्त्रीले कार्वाही गर्नुपर्छ बोलेर हुँदैन, एक्सनमा जानुपर्छ ।’
तपाईको प्रतिक्रिया