Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- सर्वोच्च अदालतले १४ वर्षदेखि स्थानीय निर्वाचन गराउन नसकेको बारे सरकारसँग कारण सोधेको छ । न्यायाधीश कमल नारायण दासको एकल इजलासले आइतबार सरकारसँग २०५४ सालदेखि स्थानीय स्तरको चुनाव हुन नसक्नुको लिखित कारण सोधेको हो ।
जिल्ला विकास समिति तर्फबाट माधवप्रसाद पौडेलले फागुन १६ गते सर्वोच्चमा दायर गरेको रिटमा सर्वोच्चले रिटलाई अग्राधिकार दिँदै चुनाव हुन नसक्नुको कारण सोधेको हो ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, व्यवस्थापिका संसद, स्थानीय विकास मन्त्रालयलाई विपक्षी बनाइएको रिटमा पौडेलले चुनावको मिति छिट्टै तय हुनुपर्ने माग राखेका छन् । चुनाव हुन नसक्दा स्थानीय स्तरको विकास कार्यक्रम अलपत्र परेकोले यथासक्य चुनाव हुनुपर्ने माग रिटमा गरिएको छ ।
तपाईको प्रतिक्रिया