Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
सोलुखुम्बु- उर्जा मन्त्री तथा एकिकृत नेकपा माओवादीका सचिव पोष्टबहादुर बोगटीले माओबादी सेना समायोजनको क्रममा मेजर पदमा मात्रै कुनै हालतमा समायोजन हुन नसक्ने ठोकुवा गरेका छन् । रिपोर्टर्स क्लब सोलुखुम्बुले आयोजना गरेको कार्यक्रममा उनले माओवादी सेना समायोजन अरु अवस्था भन्दा बिशिष्ट भएको बताए ।
राजनीतिक निर्णयका आधारमा समायोजन गरिनुपर्ने जिकिर गरे ।
अफ्नो दल शान्ति र संविधानमा दृढ रहेको बताउँदै माओवादी सचिव बोगटीले हालकै अवस्थामा अन्य दलले हठ नछाड्ने हो भने जेठ १४ भित्र नयाँ संविधान जारी नहुने भन्दै भने, ‘जेठ १४ पछिको नेपाल साँच्चिकै भयावह स्थितिमा जान्छ, जसमा समुहगत युद्धको खतरा हुन्छ ।’
अध्यक्ष पुष्पकमल दाहाल निकट मानिने बोगटीले बाबुराम भट्टराई सरकारको विकल्प दिन तयार रहेको उल्लेख गर्दै भने, ‘हामी बैद्यले भन्दैमा मान्दैनौ, बैद्य पक्षको बोली विगतमा पनि बिकेन र अब पनि बिक्दैन ।’
उनले राष्ट्रिय सहमतिको सरकारको वातावरण बनेपछि बाबुराम भट्टराईले राजिनामा दिनेसमेत स्पष्ट पारे ।
उनले २०७५ सालभित्र नेपाललाई लोड सेडिङ मुक्त मुलुक बनाउने दावीसमेत गरे ।
तपाईको प्रतिक्रिया