Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बैतडी – अज्ञात रोगका कारण बैतडीमा पशुचौपाया मर्न थालेका छन् । जिल्लाको डिलासैनी, देहिमाण्डौ र गुरुखोला गाविसमा एक हप्तामा १६ पशुचौपाया मरेका हुन् ।
डिलासैनी वडा नं ६ मा १३ वटा बाख्रा मरिसकेका छन् भने देहिमाण्डौ र गुरुखोलामा तीनवटा भैँसी मरेका छन् । बाख्रामा झोक्रिने, मुखबाट ¥याल निकाल्ने, फनफनी घुम्ने लक्षण देखापर्ने गरेको डिलासैनीका स्थानीयवासी करन धामीले बताउनुभयो । उहाँले भन्नुभयो – “बाख्रामा यस्तो रोग देखापरेको दुई÷तीन दिनमै मर्ने गरेका छन् ।”
बाख्रा दिनानुदिन मर्न थालेपछि डिलासैनीमा रहेको पशु उपसेवा केन्द्रमा जानकारी गराउँदा केही सुनुवाइ नभएको धामीले गुनासो गर्नु भयो । देहिमाण्डौमा अज्ञात रोगका कारण मानबहादुर बोहरा, नैनसिंह बोहरा र कर्णबहादुर बोहराका एक÷एकवटा भैँसी मरेका छन् भने गुरुखोला–८ का कविराज भट्टको पनि सोही रोगका कारण एउटा भैँसी मरेको छ ।
भैँसीको पिसावमा रगत देखिने, घाँस नखाने, झोक्रिनेजस्ता लक्षण देखिएको दश पन्ध्र दिनमा मर्ने गरेको स्थानीयवासी खड्क बोहराले बताउनुभयो ।
देहिमाण्डौ र गुरुखोलाका अन्य केही भैँसीमा पनि सो रोग देखापरेकाले किसान चिन्तित भएका छन् । पशुसेवा कार्यालय बैतडीले भने यसको बारेमा केही जानकारी नभएको र विषालु पदार्थ मिसिएको घाँस खाएमा पनि यस्ता लक्षणहरु देखा पर्न सक्ने जनाएको छ । यो रोग सरुवा रोग भने नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया